‘कोहलपुर एक्सप्रेस’ अब अस्ट्रेलियामा

जेठ,काठमाडौं

१४ बैशाखमा नेपालमा प्रदर्शन भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ अब अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ लाई राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले अस्ट्रेलिया प्रदर्शन गर्न लागेको हो ।

अभिनेत्री केकीले मंगलबार साँझ राजधानीमा एक कार्यक्रम राख्दै चलचित्र अस्ट्रेलियामा  प्रदर्शन हुने बारे जानकारी गराएकी हुन् । उक्त कार्यक्रममा निर्देशक बिशाल भण्डारी, निर्मात्री केकी, कन्सल्टेन्सीका पी।आर।अधिकारी, प्रतित खड्का, सुरज बस्नेत लगायत उपस्थित भएका थिए ।

यस अघि यही कन्सल्टेन्सीले केकी अभिनित चलचित्र ‘लब सासा’ लाई पनि अस्ट्रेलियामा प्रदर्शन गर्ने जिम्मा लिएको थियो । राईट एण्ड एसोसियट्सका संस्थाका निर्देशक पी।आर।अधिकारी भन्छन्  'नेपाली चलचित्रको बजार बिस्तार उकास्नका लागि मैले चलचित्र प्रदर्शन गर्न बिदेश लागेको हो ।'

चलचित्रमा केकीका अलावा ऋचा शर्मा, प्रियंका कार्की,  रविन्द्र झा, बुद्दी तामाङ, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।