तीनमा कुन अघि ?

● हरी     ● अमेरिका बोइज   ● बेबी आइ लभ यू

गोपिकृष्ण चापागाईं/ जेठ, काठमाडौं ।

गएको शुक्रबारबाट तीन चलचित्र प्रदर्शनमा आए । प्रदर्शनअघि ठुलो प्रचारप्रसार नगरेका ‘हरी’, ‘अमेरिका बोइज’ र ‘बेबी आइ लभ यू’ सँगै एक हिन्दि चलचित्र ‘वीरे दी वेडिंग’ पनि प्रदर्शनमा आयो । राजधानीका क्युएफएक्स सिनेमा हलहरुको कुरा गर्दा शनिबारसम्म नेपाली तीनवटै चलचित्रभन्दा  हिन्दि चलचित्रमा दर्शक बढी देखिए ।

नेपाली चलचित्र ‘हरी’ हेर्ने सिमित दर्शक छन् । ‘हरी’ बनिरहेका चलचित्र भन्दा फरक बनेको छ त्यसले गर्दा पनि दर्शकलाई यो चलचित्रमा बानि पर्न गाह्रो छ । हलबाट चलचित्र हेरिसकेपछि कति दर्शकले कथा नै बुझिएन भनेर निस्किएको देखिन्थ्यो भने कति नेपाली चलचित्रहरुमा पनि फरक चलचित्र हेर्न पाइयो भन्दै निस्किएका थिए । अन्य चलचित्रको दाजोमा यो चलचित्रमा दर्शक कम छन् । यो चलचित्रमा बिपिन कार्कीको मुख्य भूमिका छ । चलचित्र चिन्तनराज भण्डारीले निर्देशन गरेका हुन् ।

यस्तै ‘बेबी आइ लभ यु’ प्रेमकथामा निर्माण भएको चलचित्र हो । मायाप्रेमका चलचित्र हेर्न रुचाउने दर्शकहरु यो चलचित्रतिर बाँडिएका छन् । चलचित्रका मुख्य नायक नायिका नै नयाँ अनुहार भएकाले पनि अपेक्षा गरेजति दर्शक हलमा देखिदैनन् । चलचित्र प्रदर्शन हुनुभन्दा १ महिना अघिनै सार्वजनिक गरिएको टे«लर पनि युट्युवमा हिट हुन सकेन त्यसले गर्दा पनि दर्शकसामु यो चलचित्रको प्रचार कम हुनपुग्यो । शुक्रबार र शनिबार यो चलचित्रमा दर्शक निकै कम छन् तर हेरेजतिका दर्शकले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् । धेरैले ‘लभ स्टोरी’ चलचित्र मन पराउनेका लागी ‘इट इज बेष्ट’ भन्दै निस्किएको पाइन्थ्यो । चलचित्रमा नवनायक सन्तोष खड्गी र नवनायिका पुजा तिवारीको मुख्य भूमिका छ । चलचित्र बन्नुभन्दा पहिलेनै कार्टुन क्रु नृत्य ग्रुपले नृत्य गरेको गीत ‘कान्छु मायालु’ यसैचलचित्रमा राखिएको छ । निर्माण टिमले यो गीतको चर्चा देखेरै चलचित्र निर्माण गरेको थियो तर सोचेजस्तो हुन पुगेन । चलचित्र जनक पाण्डेले निर्देशन गरेका हुन् ।

तीनै चलचित्रलाई दर्शकको हिसाबले तुलना गर्नेहो भने ‘अमेरिका बोइज’अघिल्लो स्थानमा आउँछ । ‘बेबी आइ लभ यू’ र ‘हरि’को तुलनामा ‘अमेरिका बोइज’मा दर्शकको संख्या दोब्बरनै देखिन्छ ।

यस्तै चलचित्र ‘अमेरिका बोइज’ले अन्य चलचित्रको तुलनामा केहि सुखद ब्यापार गरेको छ । चलचित्र हेरिसकेका अधिकांश दर्शकले चलचित्रको बिषयबस्तु मन पराएका छन् भने मुख्य कलाकारहरुको अभिनयले पनि दर्शक बाँधेको छ । पैसा कमाउनका लागी तीन कलाकारले गर्ने अनेक उपायलाई चलचित्रमा निकै रोचक तरिकाले प्रस्तुत गरिएको छ । चलचित्रमा हाँसो र रोधन दुबैको उत्कृष्ट प्रस्तुती छ जसले गर्दापनि दर्शकले चलचित्रको पुरा समयसम्म मज्जाले मनोरञ्जन लिनसक्छन् । चलचित्रमा अर्पण थापा, अबयब बराल र आशिष प्रसाईको अभिनय धेरैले रुचाएको पाइन्छ । यस्तै कामेश्वर चौसासिया र सन्दिप क्षेत्रीको पनि अभिनयले दर्शकको मनमा बस्नसक्छ । चलचित्र प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।

यी तीनै चलचित्रलाई दर्शकको हिसाबले तुलना गर्नेहो भने ‘अमेरिका बोइज’अघिल्लो स्थानमा आउँछ । ‘बेबी आइ लभ यू’ र ‘हरि’को तुलनामा ‘अमेरिका बोइज’मा दर्शकको संख्या दोब्बरनै देखिन्छ । शनिवार राजधानीको ठुला हल गोपिकृष्ण र अष्टनारायणमा पुग्दा नेपाली चलचित्रमा दर्शक निकै कम देखिन्थे । अन्य शनिवारको हकमा यो साता दर्शकको संख्या निकै कम हो । कम दर्शककै बिचमा पनि ‘अमेरिका बोइज’ले दर्शक बढी कमाएको छ । शनिबार दिउँसो चाबहिलस्थित गोपिकृष्ण हलमा पुगेका कलाकार सन्दिप क्षेत्री र आशिष प्रसाईले दर्शकको राम्रो प्रतिक्रिया पाएको बताए । चलचित्र प्रदर्शन अघि प्रमोशनमा नहिडेका सन्दिप हलसम्म पुगेर प्रत्यक्षरुपमा दर्शकसँग प्रतिक्रिया लिन पुगेका थिए । चलचित्रका कलाकार हलसम्मै पुगेर दर्शकसँग प्रतिक्रिया लिँदा दर्शकको नेपाली चलचित्रप्रतिको मोह बढ्ने उनले बताए । यस्तै कलाकार आशिषले आफुलाई पहिलो चलचित्रको कामबाट निकै राम्रो प्रतिक्रिया आएको बताए ।

यस्तै गत साताबाट प्रदर्शन भइरहेका नेपाली चलचित्र ‘सुनकेसरी’ले पनि सिंगल भन्दा क्युएफएक्स सिनेमा हलमा दर्शक बढी देखिन्छन् । हिन्दी चलचित्र ‘राजी’ र अंग्रेजी चलचित्र ‘डेढपुल २’मा पनि दर्शकको संख्या मध्यम छ । आउँदो साता बलिउड चलचित्र ‘काला’मा पनि दर्शकको संख्या धेरै हुने अनुमान लगाउन सकिन्छ । मुख्य अभिनेता रजनीकान्तको क्रेज नेपालमा पनि थुप्रै छन् त्यसले पनि नेपाली दर्शक राम्रो कमाउनसक्छ  भन्ने अनुमान लगाउन सकिन्छ ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)