कम्मर भाँच भन्दै दर्शक नँचाए गायक राजेन्द्र कंडेलले

...

kamal neupaneभदौ, काठमाडौं । नेपाली कलाकारको ब्यस्तताको समय भनेको नै यही तीज हो । अन्य समयमा तेती धेरै कार्यक्रम नहुने र भएपनी धेरै कलाकार हुँदा आफुले मौका नपाउने गरेको धेरैको भनाइ छ । अन्य समयमा हुने केही कार्यक्रममा चर्चित कलाकारले गर्दा अन्यले समय नपाउने पनि भईरहेको छ । तर यो तीजको समयमा चर्चित कलाकार देशदेखी बाहिर जाने कार्यक्रम हुने गर्दा अन्य कलाकारले समय पाईरहेका छन ।

कुरा गरौ गायक राजेन्द्र कंडेलको । उनी पछील्लो समयका चर्चित गायकको रुपमा पारीचित छन नेपाली लोक दोहोरी क्षेत्रमा । कंडेलले आफ्नो छुट्टै पहिचान बनाउन सफल भईसकेका छन । उनले गाएका गीतहरु निक्कै चर्चाको शिखरमा रहेको छ । कंडेलले यसपाली तीजमा ‘भाँच्न कम्मर भाँच’, ‘बाचा गरे लौ’, ‘हेर साराले’ जस्ता सफल र उत्कृष्ट गीत बजारमा ल्याएका छन । जुन गीतलाई दर्शक र श्रोताको राम्रो साथ मिलिरहेको छ । कंडेलको बाचा गरे लौ बोलको गीत तीज म्युजिक अवार्डको उत्कृष्ट ५ गीतमा समेत पर्न सफल भएको छ । गायक कंडेललाई अहिलेको तीजमा भ्याइनभ्याइ रहेको छ ।

rajendra kandel singer

उनी हरेक दिन बिभिन्न कार्यक्रममा ब्यस्त हुने गरेका छन । एकै दिनमा ३ र ४ वटा सम्म कार्यक्रममा आफुले प्रस्तुती दिने गरेको गायक बताउछन । कार्यक्रममा यसपाली आफुले बजारमा ल्याएका तीज गीत लगत्तै अन्य आफ्ना प्रस्तुतीले दर्शकलाई निकै मनोरन्जन दिदै देशका बिभिन्न क्षेत्रमा पुगिरहेका छन गायक कंडेल । तीजका दिन पनि थुप्रै कार्यक्रममा आफ्नो प्रस्तुती रहने कंडेल बताउछन ।

– कमल न्यौपाने ।