ज्योती मगरसँग मिलेर भूमिका गिरीले ल्याउँदै फरक तीज गीत (रेकर्डिङ भिडियो)

जेठ, काठमाडौं ।

गायिका भूमिका गिरीले नयाँ तीज गीत बजारमा ल्याउने भएकी छिन् । यसपाली फरक गीत बजारमा ल्याउने क्रममा गायिका ज्योती मगरसँग सहकार्य गरेकी हुन् । उनले बिशेषतः नेपाली नारीहरुको महानपर्वकोरुपमा तीजलाई मनाइने भन्दै दुई नारीकै आवाजमा रहने गरी तीज गीत सार्वजनिक गर्न लागेकी हुन् । गीतमा भूमिका र ज्योतीको स्वर रहनेछ । गीतमा यी दुई दिदि बहिनी बनेका छन् ।

रातैपर्न लाग्यो दिदि तिमीलाई नै पर्खन,

ओई…. रक्सी चाहिन्छ भन्छेऊ अरे तीजमा दर खान

माथि उल्लेखीत शब्द गीतमा समावेश गरिएको छ । गीतमा दिदि बहिनीको जुहारी परेको देख्न सकिन्छ । भिडियो पनि केहिदिनमै छायांकन हुने गायिका भूमिका बताउँछिन् । ‘यसपाली केहि फरक तीज गीत गर्ने कोशिस गरेका छौं, भिडियो केहिदिनमा छायांकन गर्ने तयारीमा छु, रेकर्डिङ भर्खर सकिएको छ’, भूमिकाले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन् । यस्तै गायिका ज्योतीले पनि बर्षेनी पुरुष र महिला जुहारी खेलिरहेका गीत हेर्दै र सुन्दै आएकाहरुकालागी फरक हुने बताइन् । उनले आफुलाई गालि गर्दै आएका दर्शकले यसगीतबाट राम्रो प्रतिक्रिया दिनेमा विश्वास लिएको समेत बताउँछिन् । ‘मलाई यसअघि गीतकै कारण गाली गर्नुहुने दर्शकले यो गीत सुनिसकेपछि राम्रो प्रतिक्रिया दिनुहुनेछ ।’, ज्योतीले भनेकी छिन् ।

मालश्री स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा नेत्र अर्यालको शब्द छ भने खेम सेन्चुरीले शब्द भरेका छन् ।

Recording Report: