प्रदीपको ‘लभ स्टेशन’ घोषणा, हिरोइन खोई ?

जेठ, काठमाडौं ।

नायक प्रदीप खड्कालाई लिएर निर्माण गर्न लागिएको चलचित्र ‘लभ स्टेशन’को औपचारिक घोषणा गरिएको छ । आइतबार साँझ राजधानीको दरबारमार्गस्थित उडल्याण्ड होटलमा एक कार्यक्रमबीच चलचित्र घोषणासँगै चलचित्रका टिमलाई चिनाइयो । चलचित्रमा नायक प्रदीप मुख्य भूमिकामा रहनेछन् भने नायिका फाइनल भइसकेको छैन ।

यो चलचित्र प्रदीपको यसअघिको ‘लिलिबिली’ निर्माता मध्येका एक गोविन्द शाहीले निर्माण गर्न लागेका हुन् । ‘लिलिबिली’ निर्माताद्वय मिलन चाम्स र गोविन्द शाहीबीच केही कुरा नमिलेपछि दुई टिम भएका हुन् । अहिले मिलनले नायक अनमोल केसीलाई लिएर अर्को चलचित्र निर्माणको घोषणा गरेका छन् भने गोविन्दले पनि प्रदीपलाई लिएर यो चलचित्रको निर्माण घोषणा गरेका हुन् ।

‘लभ स्टेशन’ नेपाल र अमेरिकामा खिचिने कार्यक्रममा बताइयो । साथै घोषणा कार्यक्रममै चलचित्रको प्रदर्शन मिति पनि तोकियो । आगामी भदौबाट छायांकनमा निस्किने यो चलचित्र आगामी फागुन २४ गते प्रदर्शन हुनेछ । अहिले प्रदीप चलचित्र ‘राजी’ छायांकनमा व्यस्त छन् । चलचित्रमा गोविन्दसँगै उज्ज्वल घिमिरे, क्रिशु शाहीको लगानी रहनेछ भने चलचित्र उज्ज्वल घिमिरेले निर्देशन गर्नेछन् ।

चलचित्रको कथा सुवाश सिंह बस्नेतले लेखेका हुन् । २ करोडको लगानीमा बन्ने भनिएको यो चलचित्र प्रेमकथामा आधारित रहने कार्यक्रममा जानकारी गराइयो । यस्तै कार्यक्रममा प्रदीप अभिनित चलचित्र ‘लिलिबिली’ले प्रदर्शनको ५१ दिन पुरा गरेको अवसरमा केक काटियो । ‘लिलिबिली’का निर्माताद्वय मिलन र गोविन्दले प्रदीपसँगै अन्य टिमलाई केक खुवाएका थिए ।

कार्यक्रममा दुईजना बीचको मनमुटावको विषयमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा उनीहरूले त्यस्तो ठूलो मनमुटाव नभएको जानकारी दिए । उनीहरूले काम गर्दै जाँदा केही कुरा मिल्न नसक्ने स्वभाविक भएको तर्क दिएका थिए । प्रदीपले अभिनय गरेका ‘प्रेमगीत’, ‘प्रेमगीत २’ र ‘लिलिबिली’ तीन चलचित्रले नै ५१ दिन मनाउन सफल भएका छन् ।