जेठ, काठमाडौं ।

सोलुखुम्बुको नाम्चेबजारमा एभरेष्ट डेको अवसर पारेर ‘एभरेष्ट डे–२०१८’ शीर्षकको सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ । पार्टि एभरेष्ट इन्टरनेशनल इन्टरटेन्मेन्टको व्यवस्थापनमा नाम्चे युथ ग्रुपले नाम्चेबजारस्थित हिमालय आधारभूत विद्यालयको प्रांगणमा लोकप्रिय कलाकारहरुको साथमा लाईभ कन्सर्ट तथा डान्स पार्टि सञ्चालन गरेको हो ।

कार्यक्रममा सहभागी कलाकारहरु यसै साता काठमाडौं फर्किएको पार्टि एभरेष्टका पासाङ छिरिङ शेर्पाले जनाएका छन् । शेर्पाका अनुसार ‘एभरेष्ट डे–२०१८’ शीर्षक राखेर विश्वकै सबैभन्दा अग्लो स्थानमा कन्सर्ट तथा डान्स पार्टि आयोजना गरिएको हो ।

लोक गायक बद्री पंगेनी, गायक अभिनाष घिसिङ तथा गायिका प्रिया भण्डारीले लगायतका कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिए । सांगीतिक कार्यक्रम लगत्तै डिजेइङको क्षेत्रमा स्थापित भैसकेका नेपालको पहिलो व्यवसायिक डिजे डिजे तेन्जिङले कार्यक्रम परिसरलाई डान्स फ्लोरको रुपमा रुपान्तर गरिदिए । उनले बजाएका फास्ट बिटका लोकप्रिय गीतको तालमा डान्स गर्नेहरुमा स्वदेशीसहित विदेशीहरु पनि थिए ।

सगरमाथाको आरोहण गरेर फर्किएका विदेशी पाहुनाहरुले समेत सांगीतिक कार्यक्रमबाट मनोरञ्जन लिएको डिजे तेन्जिङले बताए । उद्घोषिका जेनी शेर्पाद्वारा सञ्चालित सा“झ ६ बजेपछि प्रारम्भ भएको ‘पार्टि एट टप अफ द वल्र्ड’ उपशीर्षक राखिएको उक्त कन्सर्ट तथा डिजे पार्टि बिहान ५ बजेसम्म सञ्चालन भएको थियो ।