जेठ, काठमाडौं ।

गायक रामकृष्ण ढकालको फरक गीत सार्वजनिक गरिएको छ । ‘बाटो गल्लीको देवता…’ बोलको गीतको भिडियो सहित सार्वजनिक गरिएको हो । गीतमा मनिष वशिष्ठको रचना तथा सुशान्त गौतमको संगीत छ भने देश–देशावरमा बहकिएका तीर्थालुलाई प्रतीकात्मक व्यंग्य प्रहार गरिएको छ ।

‘बाटो गल्लीको देवता म, छैन मेरो सुनको गजुर…’ शीर्षकको गीतमा वास्तविक देवताको कथालाई प्रस्ट्याउने प्रयास गरिएको छ । गीतकार मनिष वशिष्ठको रचना तथा सुशान्त गौतमको संगीत रहेको गीतमा देश–देशावरमा बहकिएका तीर्थालुलाई प्रतीकात्मक व्यंग्य प्रहार गरिएको छ । नजिकको तीर्थ हेला हुन्छ भन्ने उखानलाई प्रमाणित गर्दै गायक ढकालले नाम चलेका मन्दिरमा तीर्थव्रतका लागि देश–विदेश जाने तर आफ्नै वरपर रहेका मन्दिर र मूर्तिहरुलाई हेला गर्ने प्रवृत्तिबारे यो गीत तयार पारिएको धारणा व्यक्त गरेका छन् । प्रस्तुत गीतमार्फत आफ्नो स्वरमा केही फरक स्वाद दर्शक–श्रोतालाई दिने प्रयास गरेको गायक ढकालको भनाइ छ ।

उक्त गीतको भिडियोमा जीवन भट्टराई, सगुन पोखरेल, लकी भण्डारीसहितका कलाकारहरुले अभिनय गरेका छन् । निकेश खड्काद्वारा निर्देशित उक्त भिडियोमा उत्तम हुमागाई“को छायांकन तथा विकास धमलाको सम्पादन छ ।