सकियो ‘मालिका’ सुटिङ

जेठ,काठमाडौं ।

अभिनेत्री रेखा थापाको अभिनय, निर्देशन तथा निर्माणमा बन्दै गरेको चलचित्र ‘मालिका’ को सम्पूर्ण छायांकन सकिएको छ । सुरु गरेको २९ दिनमा चलचित्रको सम्पूर्ण सुटिङ सकेर निर्माण टिम काठमाडौं फर्किएको छ ।

चलमिचत्रमा जाजरकोटकी १४ वर्षीय बालिका कमला ओली मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । चलचित्रको छायांकन जाजरकोटसहित काठमाण्डौं, बनेपा, बाँकेलगायत क्षेत्रमा गरिएको छ । नर बहादुर कार्की निर्माता रहेको ‘मालिका’ को कथा पनि कार्कीकै हो । शिवम् अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन् । यस्तै, फिल्ममा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

द्वन्द्व निर्देशन श्री श्रेष्ठको छ । यसमा निर्माताको रुपमा सरस्वती थापा र तारा थापा रहेका छन् । ’मालिका’ बालविवाह अन्त्य र महिला शशक्तिकरणको विषयमा आधारित छ । यस फिल्मलाई रेखाले तिहारमा रिलिज गर्ने घोषणा गरेकी छन् ।