‘मेरी मामु’ बनाउँदै सन्तोष

जेठ,काठमाडौं ।

‘प्रेम गीत’ चलचित्रका निर्माता सन्तोष सेनले अर्को नयाँ चलचित्रको निर्माण गर्ने भएका छन् । केहिसमय अघि आफ्नै छोरालाई नायक बनाउने हल्ला चलिरहँदा सन्तोषले चलचित्रको नाम फाइनल गरेका हुन् । उनको नयाँ चलचित्रको नाम ‘मेरी मामु’  रहने भएको छ ।

आशुसेन फिल्मस्को ब्यानरमा बन्ने यो चौथो चलचित्र हो । चलचित्रमा आमा र छोराको कथामा देखाइने छ । चलचित्रमा निर्माता सेन कै ६ वर्षीया छोरो अयुव सेनको मुख्य अभिनय रहेनेछ । द चन्दबाघ स्कुल काठमाडौंमा अध्यनरत उनी अहिले अभिनय पनि सिक्दैछन् । कक्षा ३ मा अध्यनरत नाच्नमा सिपालु छन् । निर्माता सेनले यसअघि चंखे शंखे पंखे, प्रेम गीत र प्रेम गीत २ चलचित्र निर्माण गरिसकेका छन् भने यी सबै चलचित्रले बक्स अफिसमा राम्रो ब्यापार गरेका छन् ।