जेठ,काठमाडौं ।

साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’लाई वासु शशी स्मृति परिषद्, काठमाडौंले पुरस्कृत गरेको छ । राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै गिरीलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा परिषदका अध्यक्ष तथा नेपाल संगीत नाट्य प्रतिष्ठानका सदस्य सचिव गणेश रसीकले पुरस्कृत साहित्यकार प्रेरणालाई पुरस्कार प्रदान गरे । परिषदले २०७३ सालको वासुु शशी साहित्य पुरस्कारबाट साहित्यकार प्रेरणालाई ताम्रपत्र एवम् नगद राशी सहित पुरस्कृत गरेको हो ।

सो अवसरमा अध्यक्ष रसीकले साहित्यकार प्रेरणाले नेपाल बाहिर रहेर पनि साहित्य कर्ममा संलग्न रही भाषा साहित्यको सेवा गरेको उल्लेख गरे । कार्यक्रममा परिषदका सचिव प्रद्युम्न जोशीले साहित्यकार प्रेरणा काठमाडौं आएको अवसर पारी निजलाई यो पुरस्कार प्रदान गरिएको बताए ।

पुरस्कृत स्रष्टा साहित्यकार प्रेरणाले आफूलाई यस पुरस्कारले उर्जा दिएको बताए । वासु शशी स्मृति परिषदले यस अघिनै, गत साल चैत्र १३ गते एक कार्यक्रमको आयोजना गरी वासु शशी साहित्य सम्मान २०७३ द्वारा सम्मानित कवि कृष्ण जोशी, वासु शशी साहित्य सम्मान २०७४ द्वारा सम्मानित साहित्यकार रमा शर्मा, वासु शशी साहित्य पुरस्कार २०७४ बाट पुरस्कृत डा. शैलेन्दुप्रकाश नेपाललाई सम्मानित एवम पुरस्कृत गरिसकेको थियो ।

२४ जेष्ठ २०७५, बिहीबार ०५:४७