जेठ,काठमाडौं ।

विश्वको सबैभन्दामहँगो शहर भनिएको जापानको टोकियोमापहिलो पटक हुनगईरहेको सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को फारम खुल्लागरिएको छ । आयोजकले सो सम्बन्धि एक विज्ञप्ती जारी गरेको छ । आगामी सेप्टेम्वरको १६ तारिक अर्थात नेपालीमिती २०७५ भाद्र ३१ गते सुर्य ईन्टरनेशनल अवार्ड–२०१८हुने जनाएको छ । उक्त अवार्डमाफिल्म र संगीततर्फबाट ६÷६ गरि १२ विधा रहने आयोजकले जनाएको छ । जसमाउत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकार महिला र पुरुषगरि ६ विधार संगीततर्फ लोक, पप र आधुनिकगायकगायिकागरि ६ विधा राखिएको छ । विश्वभरीबाट अनलाईन तथा सामाजिक सञ्जालमार्फत भोटिङ हुने र भोटिङबाट नै पपुलर अवार्ड वितरण गर्ने आयोजक संस्थाकाअध्यक्षबासुदेव लामिछानेले बताएका छन् ।

नेपालीअवार्डकोगरिमा र अवार्ड समारोहको वारेमा बेलाबखतहुने विवादतथाचर्चालाई अन्त्यगर्न र यस्ता अवार्डहरुबाट फरक रहनसुर्य ईन्टरनेशनल अवार्ड २०१८ लाई भोटिङ प्रक्रियामा संचालनगरिने विज्ञप्तीमा भनिएको छ । यहि जेष्ठ मसान्त सम्म अवार्डको लागि फरम भर्न पाउने विज्ञप्तीमा उल्लेख छ । अवार्डको लागिहालजापान र नेपालमाभव्यतयारी भईरहेको पनिबासुदेव लामिछाने बताएका छन् । यस्तै अवार्ड समारोहमा ३ दर्जन बढि कलाकर्मीहरु र केहीपत्रकारहरु जापानको एउटै मञ्चमा देखिने बताएका छन् । अवार्ड समारोहमाकमेडी, नृत्य, गायनलगायतका बृहत साँस्कृतिक प्रस्तुतीहरु प्नि रहने आयोजकले बताईएको छ । यता नेपालमाकलाकर्मी व्यवास्थापन र फारम वितरण तथा संकलनगर्न बरिष्ठ पत्रकार नरेश भटट्राई र चलचित्रपत्रकार संघ नेपालका सचिव समीर बलामीलाई जिम्मेवारीदिएको बासुदेव लामिछानेले बताएका छन् । विधागत सूचीदर्ताको लागिबलामीफिल्म ईनटरटेन्मेन्टका समीर बलामीसँग सहकार्य गर्न पनि विज्ञप्तीमा भनिएको छ ।

दर्ता समूह

फिल्मतर्फ

१ उत्कृष्ट फिल्म

२ उत्कृष्ट निर्देशक

३ उत्कृष्ट सह अभिनेता

४ उत्कृष्ट सह अभिनेत्री

५ उत्कृष्ट अभिनेता

६ उत्कृष्ट अभिनेत्री

गीततर्फ

पपतर्फ

१ उत्कृष्ट गायक

२ उत्कृष्ट गायिका

आधुनिकतर्फ

१ उत्कृष्ट गायक

२ उत्कृष्ट गायिका

लोकतर्फ

१ उत्कृष्ट गायक

२ उत्कृष्ट गायिका