‘द कलेज एम्बेसडर’का प्रतियोगीले देखाए ट्यालेन्ट

असार काठमाडौं ।

‘द कलेज एम्बेसडर’को दशौं संस्करणका १५ प्रतियोगीले ट्यालेन्ट शो गरेका छन् । शनिबार राजधानीको थापाथलीस्थित ब्लुस्टार इभेन्ट भेन्यु आयोजित कार्यक्रममा सबै प्रतियोगीले नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकला लगायत विषयमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।

उपत्यकाका विभिन्न १५ कलेजका करिब १५० बढी प्रतियोगीले अडिसन दिएको मध्य फाइनलका लागि १५ प्रतियोगी मात्र छानिन सफल भएका ग्रिन आर्ट मिडियाका सीईओ प्रवीण लाकौरले बताए । ट्यालेन्ट राउन्डको निर्णायकमा गायिका तथा मिस हेरिटेज आश्रा कुवर मेकअफ आर्टिस रश्मि श्रेष्ठ, महेश उदास फेसन डिजाइनर मोडल, राजन शाही नृत्य निर्देशक, बिवस गिरी ब्याण्ड मेम्बर जिएक्ससोल लगायत थिए ।

कलेज अध्ययनरत युवायुवतीको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उद्देश्यले कार्यक्रम आयोजना हँुदै आएको आयोजक तथा प्रतियोगीताको कोरियोग्राफर अनिला श्रेष्ठले जानकारी दिइन् । प्रतियोगिताको अन्तिम स्पर्धा यही ७ गते रसियन कल्चार सेन्टर कमलपोखरीमा आयोजना हँुदैछ । जसमा प्रतियोगीले शिर्ष सहित बिभिन्न उपाधि र अवसर पुरस्कारका रुपमा प्राप्त गर्नेछन् । यो संस्करणमा ४ केटा र ११ केटी फाइनलमा भिड्दै छन् ।