सफलता पाउनेगरी मेहनत गर्नेछुः नव मोडल उरुषा

...

urusha pandey - model

असोज, काठमाडौं । नवमोडल उरुषा पाण्डे यतिखेर मोडलिङ क्षेत्रमा संघर्षरत छिन् । आफ्नो भबिष्य मोडलिङ क्षेत्रमै बिताउन चाहेकी उरुषा पछिल्लो समय सटमुभिमा व्यस्त छिन् । साथै उनले म्युजीक भिडियोमा पनि अभिनय गर्ने गरेको र अफर आएमा समय अनुकुल मिलाएर मोडलिङ गर्ने बताएकी छिन् ।

बसुन्धरा काठमाण्डौमा बस्दै आएकी उरुषालाई मोडलिङमा प्रवेश गराउनमा घरपरिवारको राम्रो साथ मिलेको छ साथै उनले आफुलाई घरपरिवारका सदस्यले पुर्णरुपमा साथ दिनुभएको समेत बताउछिन् ।
साथै उनले सफलता हासिल गर्नका लागि अझ धेरै मेहनत गर्ने बताउँछिन् । सबैतिरबाट साथ र आफ्नो लगाव भएको कारण यस क्षेत्रमा आफु एकदिन सफल हुने बिश्वात व्यक्त गरीन् । उरुषा सटमूभिमा अभिनय गर्न मात्र हैन लेखनमा समेत अब्बल रहेकी छन् । उनले भनिन् – ‘मैले लेखेको केही सटमूभिहरु समेत छायाँकनको तयारीमा रहेको छ ।’

model urusha pandey
बिबिएस पहिलो वर्षमा अध्यनरत रहेकी उरुषा अध्ययनलाई समेत असर नपर्नेगरि मोडलिङ क्षेत्रमा लागिरहने बताउँछिन् । अहिलेसम्म कसैको पनि प्रेममा नपरेकी उरुषा प्रेम भन्दा पनि आफ्नो करियर नै पहिलो महत्वपुर्ण रहेकी बताउँछिन् । सेक्स राम्रो र नराम्रो दुबै भएको बताउँने उनी दुबैको मन मिलेमा र बिश्वास भएमा सेक्स हुन सक्ने उनको धारणा छ । उनी भन्छिन् – यो दुई प्रेमीको इच्छाले भयो भने राम्रो तर यही कुरा जर्बजस्ती हुन्छ भने त्यो नराम्रो हुने उनको ठहर छ । तर समाज अनुसार जानु पर्ने भएकाले बिवाहअघिको सेक्सलाई उचित नठान्ने उरुषा आफुलाई सेक्सप्रति त्यति इन्ट्रेस समेत नरहेको र अनुभव समेत नभएको बताउँछिन् ।