असार, काठमाडौं ।

‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को फिनाले सम्पन्न भएको छ । एसईइका विद्यार्थीहरुका बिच सम्पन्न सौन्दर्य तथा प्रतिभामुलक यस प्रतियोगितामा अर्पण राई र आर्या पुडासैनिले उपाधि जित्न सफल भएका छन् । अर्पणले मिष्टर एसईइ अफ द इयरका साथमा भ्यूवर्स च्वाइस र मष्ट टयालेण्ट तथा आर्याले मिस एसईई अफ द इयरका साथमा मष्ट क्रियटिभको उपाधि जितेका छन् ।

रिवन ईन्टरटेनमेन्टद्वारा आयोजीत उक्त कार्यक्रम राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा सम्पन्न भएको थियो । मिष्टर एसईइ अफ द इयरमा अदिक कार्की फस्ट रनर्सअप तथा बेष्ट ¥यापवाक र मस्ट हेन्डसम तथा अनुराग कार्की सेकेण्ड रनर्सअपका साथमा मष्ट पपुलर र बेष्ट सिंगरको विजेता भएका छन् । त्यसैगरी प्रशान्त भण्डारी मष्ट पे्रmण्डली, सुजन खुलाल मष्ट डिसिप्लिन, नयन मगर मष्ट एक्टिभ, कुमोद कार्तियन बडु फेसबुक च्वाईस र मष्ट फोटोजेनिक, उत्सब खतिवडा बेस्ट डान्सर, बिनम्र राउत बेष्ट पर्सनालिटि, कञ्चन खत्री बेष्ट फिजिक, सोनम खड्का मेनेजमेन्ट च्वाईस, सन्दिप श्रेष्ठ मस्ट डिजर्भिङ, प्रनिस मगराती सोसल वेलफेएर ऐम्बेस्डर, आशिष श्रेष्ठ युथ विथ रेस्पोन्सबिलिटी र मेलिन राज पन्त मष्ट क्रियटिभभ भएका छन् ।

त्यसैगरी मिस एसइई अफ द इयरतर्पm मुनस्टोन आचार्य फस्ट रनर्सअपका साथमा बेष्ट स्किन, अपेक्षा लुईटेल सेकेण्ड रनर्सअपका साथमा बेष्ट स्पिच, नेहा केसी थर्ड रनर्सअपका साथमा मिस टयालेण्ट तथा सबिना शर्मा मष्ट पपुलरका साथमा फेसबुक च्वाइस र बेष्ट पर्सनालिटी भएका छन् ।

त्यसैगरी आराध्या साह बेष्ट हेयर, स्वतिका न्यौपाने मष्ट फ्रेण्डली र मष्ट चार्मिङ, अनिषा थापा मष्ट डिसीप्लेन, प्रिया न्यौपाने मष्ट फोटोजेनिक र वेष्ट वाक, सृजा खरेल बेष्ट डान्सर, आरति सिंह ब्युटि विथ पर्पस, सलिसा श्रेष्ठ भ्यूअर च्वाईस, विनिषा शर्मा बेष्ट स्माइल, रितिका खड्का बेष्ट फिजिक, आश्मा थपलिया फेसन आइकन, ईशा कर्ण सोसल वेलफेर एम्बेस्डर र चन्दा श्रेष्ठ बेष्ट सिंगर भएका छन् ।

श्रद्धा खरेलको कार्यक्रम संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा गायक, संगीतकार तथा अभिनेता एसकुमार, गायक तथा गीतकार सिताराम पोखरेल, अभिनेता विष्णु रिजाल, मिसेस नेपाल इन्टरनेशनल २०१८ सुरुची पाण्डे, संगीतकर्मी तथा अध्यापक सरोज प्याकुरेल र शिक्षासेवी पंकज जलन निर्णायक रहेका थिए ।

८ असार २०७५, शुक्रबार ००:५७