‘थ्री इडियट्स २’ बन्ने निश्चित

मुम्बई, (एजेन्सी) ।

दशबर्ष अगाडी निर्माण भएको बलिउड चलचित्र ‘थ्री इडियट्स’को सिक्वेल बन्ने भएको छ । आमिर खान अभिनित ‘थ्री इडियट्स’ को सिक्वेल निर्माणको बारेमा निर्देशक राजकुमार हिरानीले पुष्टि गरेका हुन् । उक्त चलचित्रले त्यो समयमा बक्स अफिसमा निकै राम्रो ब्यापार गर्न सफल भएको थियो भने समिक्षकहरुबाट पनि राम्रो प्रतिक्रिया आएको थियो ।

चलचित्रमा कुन–कुन कलाकारहरुको अभिनय रहनेछ भन्ने बिषयमा खोलिएको छैन । निर्देशक हिरानी अहिले चलचित्रको स्क्रिप्टमा बसेका छन् भने स्क्रिप्टको काम सकेलगत्तै कलाकारहरु फाइनल गरिने बताइएको छ । हिरानीको चलचित्र‘सञ्जु’ अर्को हप्ता प्रदर्शनमा आउँदैछ । थ्री इडियट्स चर्चित लेखक चेतन भगतको उपन्यासमा आधारित थियो । तर, यसको सिक्वेल भने मौलिक हुने बुझिएको छ ।