असार, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रका पछिल्लो समयका युवास्टार हुन् अनमोल केसी । उनले चलचित्रमा काम गरेकी अहिले आधा करोड पारिश्रमिक लिन थालेका छन् भने बलिउडमा पनि उनले काम गर्ने चर्चा चलिरहेको छ र उनले पनि बलिउडको चलचित्रमा काम गर्न लागेको औपचारिक घोषणा गरिसकेका छन् । यसका साथै उनले कुनैपनि कन्सर्ट गर्दा चर्को पारिश्रमिक लिएर गर्छन् त्यो त धेरैलाई अवगत भएकै बिषय हो ।

सेलिब्रेटीहरुलाई एम्बेस्डर बनाएर आफ्नो ब्राण्डको प्रचार हुने भएकोले बिभिन्न ब्राण्डहरुले बिभिन्न सेलिब्रेटीहरुलाई एम्बेस्डर बनाइरहेका हुन्छन् । यसैबिच अनमोल केसीलाई पनि लुगाको ‘क्याप्स’ ब्राण्डको एम्वेस्डर बनाइएको छ । १ बर्षको सम्झौतामा अनमोलले निकै महंगो पारिश्रमिक लिएको बुझिएको छ । श्रोतका अनुसार अनमोलले १५ लाख बढि पारिश्रमिक लिएका छन् । कम्पनिले भने अनमोललाई कति पारिश्रमिक दिएको भन्ने बारे सिधा खुलाएको छैन । १५ लाख नै नेपाली कुनै पनि सेलिब्रेटीले हालसम्म ब्राण्ड एम्वेस्डर बन्दा लिएको पारिश्रमिक सर्वाधिक हुनसक्छ ।

‘क्याप्टेन’ फिल्मको सुटिङमै पुगेर शनिबार मात्रै ‘क्याप्स’ ब्राण्डको तर्फबाट गौतम बैश्य र अनमोलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । गौतमले पछिल्लो क्रमको अग्र पङ्गतिको अभिनेता भन्दै अनमोललाई आफ्नो ब्राण्ड प्रवर्धकको रुपमा अनुबन्धन गराएको बताए । आकर्षक लुक्सका धनी अनि सर्वाधिक फ्यान फलोइङ भएका स्टार भएकै कारण आफ्नो ब्राण्डप्रति ग्राहक आकर्षणको लागी अनमोल पहिलो रोजाइ बनेको गौतमको भनाइ छ ।

पछिल्लो पटक बजारमा आएको छोटो समयमा नै लोकप्रिय बनिसकेको नेपाली ब्राण्ड ‘क्याप्स’ले काठमाडौं सहितनेपालगञ्ज, पोखरा, बुटवल, धरान, बिराटनगर, इटहरी, जनकपुर लगायत देशका ५० बढि स्टोरहरुमा आफुलाइ उपलब्ध गराइसकेको बजार प्रवन्धक दीपक नेपालीले बताए ।