असार, काठमाण्डौ ।

नयाँ नेपाली चलचित्र ‘मायाङ्क’ को निर्माण घोषणा गरिएको छ । बुधबार राजधानीको नयाँबानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा एक कार्यक्रमका बिच घोषणाा गरिएको यस चलचित्रका प्रमुख चार कलाकार मध्ये प्रशान्त ताम्राकार, शुसिल उप्रेती र ज्योत्सना योगीको उपस्थिती थियो । प्रेमकथामा बन्ने यो चलचित्रको नायिकाको नाम भने खुलाइएको छ । उनको भुमिका समेत गोप्य राखिएको छ । कथाको मागअनुसार अर्की नायिकाको नाम समेत खुलाउन नमिलेको कार्यक्रममा बताइएको थियो ।

रोमी मानन्धरको निर्देशनमा बन्ने यो चलचित्रकै लागी नायक शुसिलले डेढबर्ष देखी मेहनत गरेको बताए । ओस्कार कलेजबाट अभिनयमा ब्याचलर गरेका उप्रेतीले आफुले निर्देशकले चाहेअनुसारको चलचित्र दिनको लागि पुरा मेहनत गरिरहेको बताए । शुसिले ‘लुट’ र ‘लुट २’ चलचित्रमा सामो भूमिकामा अभिनय गरेता पनि मूख्य भूमिकामा भने ‘मायाङ्क’ नै पहिलो चलचित्र हो ।

यस्तै अभिनेता प्रशान्त ताम्राकारले यस चलचित्रमा फरक प्रस्तुतीमा आउने बताए । कलाकार ज्योत्सना योगीले ‘मायाङ्क’ आफुले खोजेको जस्तै चलचित्र रहेको बताईन् । चलचित्रका निर्माता जितेन्द्र खतिवडाले आफुले निर्देशक मानन्धरलाई पूर्ण बिश्वास गरेको बताए । मार्केटिङ्कका ज्ञाता तथा व्यापारी खतिवडा एक्लैले यो चलचित्र बनाउन लागेका हुन् । नयाँ तरिकाबाट चलचित्रलाई बेच्ने योजनासहित यो चलचित्र निर्माण गर्न लागेको उनले बताए । चलचित्र भदौ पहिलो साताबाट छायांकनमा गई माघमा रिलीज गर्ने तयारी रहेको निर्माता खतिवडाले बताए । चलचित्र प्याराडाइज पिक्चर्स र माईन्डस्क्रिन फिल्म्सको ब्यानरमा बन्न लागेको हो ।