‘बाबु कान्छा’ प्रेमोशनमा रियल जोडी

असार, काठमाडौं ।

केहिदिन अघिमात्रै ट्रेलर सार्वजनिक गरिएको चलचित्र ‘बाबु कान्छा’ टिमले प्रमोसनको काम शुरु गरेको छ । कलेज जीवनमा युवाहरुले भोग्ने कथा र उनीहरुको मनमा उब्जिने कुराहरुलाई कथा बनाएर निर्माण गरिएको यो चलचित्र टिमले प्रमोसन पनि कलेजबाटै शुरु गरेको छ । प्रमोशनको पहिलो दिन टिमले राजधानीका दुई कलेजमा गएर चलचित्रको बारेमा जानकारी दिए । हिमालयन र क्यारिबियन कलेज पुगेर मंगलबार चलचित्र युनिटले चलचित्रको बारेमा जानकारी गराएको थियो । सलोन बस्नेतलाई केन्द्रिय भूमिकामा प्रस्तुत गरिएको चलचित्रलाई राजधानीका विद्यार्थीहरुले निकै चासो दिनुका साथै चलचित्र हेर्ने बाचा समेत गरेका छन् ।

यस्तै बुधबार राजधानीमा चलचित्र युनिटले पत्रकार सम्मेलनको आयोजना ग¥यो । जसमा पनि चलचित्रको प्रदर्शन मिति नजिकिदै गरेको हुँदा चलचित्रको बारेमा दर्शकलाई जानकारी दिइयो । कार्यक्रममा निर्देशक बस्नेत सहित सलोन बस्नेत र नायिका करिष्मा श्रेष्ठ पनि उपस्थिती थिइन् । सलोन र करिष्मा प्रेमीप्रेमिका हुने भन्ने हल्ला के हो भन्ने पत्रकारहरुको प्रश्नमा निर्देशक सोभितले प्रष्ट पारिदिएका थिए । उनले सलोन र करिष्माको रियल जोडी भएको बताए । उनले आफुहरुले अन्य कलाकारहरुले जस्तो प्रेमीप्रेमिका लुकाएर नराख्ने बताएका थिए । ‘अन्य कलाकारहरु प्रेमिप्रेमिका भएपनि छैन, हामी साथी मात्र हौं भन्छन्, तर मैले आज प्रष्ट पारिदिन्छ्ु कि सलोन र करिष्माको जोडी आजका दिनसम्म रियल नै हो । भोलीको दिनमा के हुन्छ थाहा छैन तर अहिले प्रेमिप्रेमिका नै हुन्’, निर्देशक बस्नेतले भने । यसो भनेसँगै करिष्मालाई पत्रकारहरुले अन्य ब्यानरको चलचित्र नगर्नुको कारण सलोनको रोक त हैन भन्ने प्रश्न गरे जसमा करिष्मा यसरी उत्तर दिन्छन्, ‘म पुरानो परम्पराको केटी होइन जसमा प्रेमीले भनेको कुरा सबै मान्ने, के सहि के गलत राम्रोसँग छुट्याउँछु, त्यसैले सलोनले रोकेर रोकेने होइन ।’ करिष्माले यसभन्दा अघिका चलचित्रमा सलोन भएपनि ‘बाबु कान्छा’मा भने सलोनकै जोडी भएर काम गरेको बताइन् ।

राजधानी प्रमोसन सकेर निर्माण टिम चाडै नै मोफोसल प्रमोसनमा हिड्ने जानकारी निर्माता र निर्देशक शोभित बस्नेतले दिएका छन् । ‘होस्टल, एमेरो हजुर २, गाजलु’ जस्ता सुपरहिट चलचित्र दर्शक माझ दिई सकेका सलोन सो चलचित्रमा भने लिड रोलमा प्रस्तुत भएका छन् ।

अभिनेता तथा निर्मंता शोभित बस्नेतले पछिल्लो पटक निर्माण तथा निर्देशन गरेको चलचित्रमा सलोनका अलावा करिष्मा श्रेष्ठ,नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला,  ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ तथा बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यसै  चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दै्छिन्। चलचित्र यहि असार २९ गतेबाट देशभर एकैसाथ प्रदर्शन हुदैछ ।