श्रृष्टीको नजरमा अनमोल–विनय उस्तै

असार, काठमाडौं ।

चलचित्र ‘गाजलु’बाट आफुलाई नायिकाको रुपमा स्थापित गरेकी श्रृष्टी श्रेष्ठले आफ्नौ आउँदै गरेको नयाँ चलचित्र ‘रोमियो एन्ड मुना’का नायक विनय श्रेष्ठ र नायक अनमोल केसीमा फरक नपाएको बताएकी छिन् । मंगलबार राजधानीमा ‘रोमियो एन्ड मुना’को पत्रकार सम्मेलनमा बोल्दै श्रृष्टिले कामको नजरमा अनमोल र विनय बराबर रहेको बताएकी हुन् । ‘गाजलु’मा काम गर्दा अनमोलले आफुलाई सिकाउने शैली त्यसैगरी अनमोलले आफु प्रति गर्ने ब्यवहार सम्झिदै उनले भनिन्, ‘मलाई दुबैजना उस्तै लाग्यो, नजानेको कुरा सिकाउने, मिठास बोली, ब्यवहार पनि सरल, केहि फरक पाइन ।’

अभिनेता श्रृष्टी र बिनयको अलवा कार्यक्रममा निर्माता प्रशन्न गोपाली र निर्देशक नरेशकुमार केसीको समेत सहभागीता रहेको थियो । लक्ष्मीप्रसाद देवकोटाको मुनामदन र सेक्सपियरको रोमियो एन्ड जुलियटसँग के छ यसको सम्बन्ध ? कार्यक्रममा निर्देशक माथी प्रश्न तेर्सिएको थियो । निर्देशक केसीले आफ्नो फिल्मको कथा दुवै कृतिसँग नमिल्ने बताए । उनले भने, ‘अहिलेको ग्लोबलाइजेसनको युगमा रोमियो भन्ना साथ सेक्सपियर र मुना भन्नासाथ देवकोटालाई नसम्झनुहोला । दुवैका कृतिसँग मेरो फिल्मको कथा मिल्दैन । यो रोमियो भन्ने केटा र मुना भन्ने केटीको छुट्टै कथा हो ।’ केसीले यसअघि ‘डाइङ क्यान्डल’ फिल्म निर्देशन गरेका थिए ।

अभिनेत्री श्रृष्टीले चलचित्रका चित्रकार युवतीको भूमिका निर्वाह गरेकी छिन् । त्यसका लागि ६ महिना पेन्टिङ समेत सिकेको उनले बताइन् । त्यतिबेला सिकेको पेन्टिङ अहिले अर्काे चलचित्रमा अभिनय गर्दा काम लागेको समेत उनले सुनाइन् । यस्तै विनय श्रेष्ठले आफ्नो लागि हरेक चलचित्र उतिकै महत्वपूर्ण हुने बताए । उनले अहिलेसम्मको चलचित्र मध्य ‘रोमियो एन्ड मुना’मा धेरै मेहेनत गरेको बताए । भने -‘टिम पनि राम्रो मिलेकोले दर्शकबाट फिल्मको बारेमा सकारात्मक रेस्पोन्स आइरहेछ । ब्यवसाय हुन्छ भन्नेमा आसावादी छौ ।’

रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य समेत निर्माता रहेको चलचित्रमा प्रज्वल सुजल गिरी, सुष्मा कार्की र सुरक्षा पन्तले समेतको अभिनय देख्न सकिन्छ । चलचित्र निर्देशक केसीले निरज महर्जनसँगको सहकार्यमा लेखेका हुन् । चलचित्र आउँदो साउन ११ गतेबाट प्रदर्शनमा आउँदैछ ।