टिजरमा हेर्नुस् साम्राज्ञी र धिरजको ‘इन्टुमिन्टु लण्डनमा’

असार, काठमाडौं ।

चलचित्र ‘इन्टुमिन्टु लण्डनमा’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । नव–नायक धिरज राई र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको यो चलचित्रको सार्वजनिक टिजरमा धिरज–साम्राज्ञीको प्रेमलाई देखाइएको छ ।

बिहिबार राजधानीको कुमार हलमा पत्रकार सम्मेलन गर्दै टिजर सार्वजनिक गरेसँगै चलचित्र बारे जानकारी गराइयो । कार्यक्रममा चलचित्रका कलाकार सहित चलचित्र निर्माण युनिट उपस्थ्ति थिए ।

नायिका साम्राज्ञीले ‘इन्टुमिन्टु लण्डनमा’का लागी बर्षदिन भन्दा बढी पर्खिएको र चलचित्र निकै राम्रो बनेको बताएकी छिन् । टिजर हेर्दा आफु अझै उत्साहित भएको उनको भनाई थियो । साथै उनले चलचित्रको अफर आउना स्क्रिप्ट सुनेर सिधै स्विाकारेको बताइन् । ‘मैले चलचित्रको स्क्रिप्ट सुन्ने बित्तिकै फिल्म गर्ने पक्का गरेकी थिएँ । साथै  मलार्य फिल्मको छायांकन कहिले होला भन्ने हतार भएको थियो । किनकी चलचित्रको कथा निकै मन परेको थियो ।’, उनले भनिन् । यस्तै नायक धिरजले पनि पहिलो चलचित्रनै राम्रो निर्माण टिम र कलाकारसँग गर्न पाउँदा खुसी लागेको बताए । चर्चित नायिका साम्राज्ञीसँग काम गर्दा पक्षपात भएको अनुभव भयो कि नाई भन्ने पत्रकारहको प्रश्नमा उनी भन्छन्, ‘कलाकार को हो भन्नेमा भर पर्छ, साम्राज्ञीसँग काम गर्दा मलाई झनै सहज भयो, नजानेको कुरा सिक्ने पाएँ, निकै हेल्पफुल भावनाको छिन् उनी’

यस्तै चलचित्रकी निर्देशक रेनशा वान्तवा राईले एकदशक बढी समय कोरियोग्राफि गरेको अनुभव सँगै चलचित्रमा आएको भन्दै चलचित्र राम्रो बनाउने कोशिस गरेको बताइन् । साथै उनले आफ्नो निर्देशनको पहिलो चलचित्र भएकोले पनि निकै सुष्म कुराहरुमा पनि ध्यान दिएको निर्माण गरेको बताइन् । यस्तै चलचित्रका निर्माता पज्जवल जेबि रानाले चलचित्र राम्रो बनाउन कुनै कसुर बाँकी नराखेको बताए ।  चलचित्रमा धिरज र साम्राज्ञीसँगै साहरुख ताम्राकारको पनि मुख्य भूमिका छ । चलचित्र आउँदो असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Teaser: