‘ब्ल्याक’ ट्रेलर सार्वजनिक (भिडियो)

असार, काठमाडौं ।

आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ब्ल्याक’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीको केएल टावरस्थित फिल्महलमा एक कार्यक्रम गर्दै चलचित्र युनिटले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

प्रदीप श्रेष्ठ निर्देशीत यो चलचित्रमा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको मुख्य भूमिका छ । ट्रेलरमा आकाश र आँचलको प्रेमलाई देखाइएको छ भने यी दुईको प्रेममा अर्का कलाकार आयुष रिजाल तगारो बनेका छन् अर्थात खलपात्रको भूमिका निभाएका छन् ।

कार्यक्रममा नायक आकाशले चलचित्रको कथा तथा मेकिङ राम्रो भएकोले दर्शकको मन जित्नेमा आशावादी रहेको बताए । यस्तै नायिका आँचलले पनि आफुलाई चलचित्रको कथाले मन छोएको बताइन् । यस्तै उनले यो चलचित्रमा मुख्य भूमिकामा रहेर आफुले काम गर्न पाउँदा निकै खुसी लागेको बताइन् । उनले यो भन्दा अघिका सफल मानिएका केहि चलचित्रमा ‘साइड रोल’ निभाएकी छिन् ।

कार्यक्रममा आँचलले धेरै मल्टिस्टार कलाकार भएका चलचित्रमा काम नगर्ने समेत बताइन् । यसअघि ‘शत्रु गते’ चलचित्रमा काम गरेकी उनको चर्चा खासै नहुँदा उनले यस्तो निर्णय लिएकी हुन् । अबदेखी हुलमुलका चलचित्र नगर्ने निर्णय लिएको उनले बताइन् ।

video: