आज एकल लोक गायन प्रतियोगीताको फाइनल, छानिदैछन् ४८ बाट ४ जना

गोपिकृष्ण चापागाईं/ असार, काठमाडौं ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा राष्ट्रिय एकल लोक गायन प्रतियोगीताको आज फाइनल हुँदैछ । हिजो (बिहिबार)बाट शुरु भएको यस प्रतियोगीतामा सातै प्रदेशका ४८ जनाले सहभागीता जनाएका छन् भने बिहिबार सहभागी मध्येबाट २० जना छानिएको थियो । आज शुक्रबार बिजेता प्रथम, द्धितिय, तृतिय र सान्तवना छानिने छ ।

बिहिबार संस्कृति मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गरेर शुरु भएको यस लोक गायन प्रतियोगीता राती अबेर सम्म भएको थियो । प्रतियोगीतामा बरिष्ठ लोक गायक तथा गायिका, सर्जकहरु निर्णायक मण्डलमा छन् । निर्णायक मण्डलका संयोजक वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीले निर्णायक मण्डलको निर्णय बिधि सुनाएका थिए । उनले निर्णायक मण्डलपनि तीन चरणमा राखिएको बताए । प्रतिष्ठानले गर्ने कार्यक्रमहरु पनि सबैभन्दा राम्रो र भब्य कार्यक्रम मध्येको यस लोक गायक प्रतियोगीता पनि एकमा पर्ने प्रतिष्ठानका केन्द्रिय सदस्य तथा यस लोक गायन प्रतियोगीताका प्रचारप्रसार समति संयोजक राजन गुरुङले आर्टिष्ट खबरलाई जानकारी दिए ।

कस्तो, कति समय र कति वटा गीत गाउनुपर्नेछ ?

प्रत्यक प्रतियोगीले स्टेजमा पुगेर बाजा बज्न सुरु गरेपछि जम्मा ८ मिनेटमा एकल गीत गाइसक्नुपर्नेछ । एक प्रतियोगीतले दुई गीत गाउन पाउनेछन् जसमा एक गीत नृत्य गर्न मिल्ने (डान्सिङ) र अर्को ‘स्लो’ (सुन्ने गीत) हुनुपर्नेछ ।

कसरी छानिनेछ उत्कृष्ट ?

निर्णायकहरुले प्रतियोगीहरुको प्रस्तुतीको क्षमतालाई हेरेर नम्बर दिनेछन् । प्रतियोगीको सबैभन्दा महत्वपुर्ण कुरा गायन कला हुनेछ । अनुशासन सँगै गायक कलाकै आधारमा प्रतियोगीहरु उत्कृष्ट बन्नेछन् । जसमा पोसाकको आधारमा भने नम्बर पाउने छैनन् ।

जसमा स्वर बाट ३५ अंक, सुर र तालबाट ३५ अंक, प्रस्तुतीबाट २० अंक र समय र अनुशासनबाट १० अंक गरी जम्मा १०० पुर्याइनेछ । निर्णायक मण्डलमा नारायण रायमाझी, अम्मार बिरही गुरुङ, दुर्गा रायमाझी, बम बहादुर कार्की, बि.बि. अनुरागी, लोचन भट्टराई, कृष्ण गुरुङ र रमेश बिजी रहेका छन् ।

प्रतियोगीताको प्रथम पुरस्कार पृथ्वी इन्टरटेन्मेन्टका पृथ्वी थकालीले प्रायोजन गरेका छन् भने द्धितिय पुरस्कार निशा सुनार, बिमल डांगी र संगीता थापाले गरेका छन् । यस्तो तृतिय र सान्तवना पनि अन्य कलाकारहरुले नै प्रायोजन गरेका छन् । प्रतियोगीता राजधानीको जमलस्थित सांस्कृति संस्थानको हलमा भइरहेको छ । यसप्रतियोगीताको सांस्कृतिक संस्थान सह–आयोजक समेत हो ।

Short Video Clip: