‘कहिँ कतै’ को नयाँ गीत सार्वजनिक, भिडियोमा उमा र किशोरको यस्तो रोमान्स (भिडियो)

असार, काठमाण्डौ ।

चलचित्र 'कहिँ कतै' को नयाँ गीत 'यो मौसम' को भिडियो सार्वजनिक गरिएको छ । मनोजको शब्द रहेको गीत थुप्देन भूटिया र मेलिना राईले गाएका छन भने संगीत सचिन सिंहको रहेको छ ।

कमल राईले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा अभिनेता किशोर खतिवडा र अभिनेत्री  तथा निर्मात्री उमा 'बेबी' गिरीको अभिनय रहेको छ । गीतको भिडियोमा भारतको सिक्कीम वरपरका मनोरम हिमाली दृश्यहरु देख्न सकिन्छ ।

शबिर श्रेष्ठद्दारा निर्देशित चलचित्रमा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा 'बेबी' गिरीको साथमा शिवानी गिरी र सोनम बरफुङ्गपाको अभिनय रहेको छ । सिवानी र सोनमले यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् ।

सिक्कीम स्थायि घर भएकी नव नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशक रोशन श्रेष्ठको रहेको छ । चलचित्रको प्रर्दशन मिति श्रावण २५ लाई तोकिएको छ ।

(भिडियो)