रिसोर्ट उद्घाटनमा नायिका सञ्चिता लुईटेल

असार, काठमाडौं ।

नायिका सञ्चिता लुईंटेलले धादिङको नौबिसेमा एक रिसोर्टको शुभारम्भ गरेकी छिन् । नायिका लुईंटेलले हालै सञ्चालनमा आएको नौबिसे एग्रो रिसोर्टको एक समारोहबिच धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यका साथमा संयुक्तरुपमा औपचरिक शुभारम्भ गरेकी हुन्। नायिका लुईंटेल र मेयर आचार्यले रिवन काटेर सो रिसोर्टको औपचारिकरुपमा शुभारम्भ गरेका हुन् ।

रिसोर्टका निर्देशक बालकृष्ण पोखरेलले काठमाडौंको कोलाहलबाट मुक्त भई शान्त र मनोरम परिवेशमा रम्न चाहनेहरुका लागि धुनिवेसीमा यो रिसोर्ट सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार रिसोर्टमा केही समयपछि नै त्यहीँ फलेका अग्र्यानिक फलफुलका साथ सागलगायतका तरकारीदेखि लिएर गाईभैंसीका दुधसम्म सेवन गर्न पाइनेछ। पारिवारीक वातावरणका साथ सेवा प्रदान गरिने भनिएको रिसोर्टमा हाललाई ८ आरामदायी शयन कक्षका साथमा सेमिनार र सभा हल, रेष्टुराँ, गार्डेन रेष्टुराँ र बारको ब्यबस्था छ ।