बड्की नाँच जोगाउन बाद्यबादन सामग्री हस्तान्तरण

असार, काठमाडौं ।

दुईदशक यता संकटमा पर्दै आएको ६ सयबर्ष पुरानो ‘बड्की नाच’ सिन्धुली कमलाखोंजका दनुवार समुदायले फेरी संरक्षण गर्ने भएका छन् । यसै क्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बड्की नाचलाई प्रोत्साहित गर्न कमलामाई नगरपालिका १४ चन्दनपुरका बड्की नाचका कलाकारलाई विभिन्न बाद्यसामग्री प्रदान गरेको छ ।

प्रज्ञा प्रतिष्ठानको नृत्य विभागका संयोजक एवम् प्राज्ञ परिषद सदस्य रमेश रञ्जन झाको संयोजकत्वमा बाद्यसामग्री प्रधान गरिएको हो । सो नाचका लागि आबस्य बाद्यबादन तवला, मादल, नाचका लागि आबस्यक घुँघरु लगायतका सामग्री प्रदान गरिएको हो । शुक्रबार साँझ सो नाच समुहका प्रमुख पल्टु कुँवर सहित नाच टोलीलाई जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शँकर बर्मा, उप प्रमुख सम्झना अधिकारी दनुवार, नाट्य विभाग प्रमुख रमेशरञ्जन झाले बाद्यबादन सामग्री सँयुक्त रुपमा हस्तान्तरण गरे ।

सो नाच टोली प्रमुख पल्टु कुँवरले आफुहरुसँग बाद्यबादन सामग्री नभएकै कारण लामो समय यसलाई प्रस्तुतगर्न नसकेको बताए । बादबादन सामग्री पाएकोमा धन्यबाद ज्ञापन गर्दै उनले यो नाचलाई आफ्नो पुस्ताले अब निरन्तर प्रस्तुत गर्ने प्रतिबद्धता जनाए ।