सञ्जूलाई तीनदिनमा १२० करोड

असार, मुम्बई (एजेन्सी) ।

बलिउड चलचित्र ‘सञ्जू’ले बक्स अफिसमा कमाल गरेको छ । प्रदर्शन भएको तीनभित्र सय करोडको क्लबमा प्रवेश गर्दै जम्मा १ सय २० करोड कमाउन सफल भएको छ । राजकुमार हिरानीको ‘सञ्जू’ ले पहिलो दिनदेखि बक्स अफिसमा निकै राम्रो आम्दानी गर्दै आइरहेको थियो ।  पहिलो दिन ३४.७५ र दोस्रो दिन ३८.६० करोड कमाएको थियो भने तेस्रो दिनमा ४६.७१ करोडको कलेक्सन गरेको छ । जुन अहिलेसम्मकै बलिउड चलचित्रको सर्वाधिक कमाई हो ।

पहिलो विकेन्डमा १ सय २० करोड कमाउन सफल रणबीर कपूरको ‘सञ्जू’ ले बक्सअफिसमा कमाईको मामलामा सबै फिल्मलाई पछाडि छाडेको छ । यसभन्दा पहिला यो रेकर्ड बलिउडका ‘दबंग’ सलमान खानको चलचित्र ‘टाइगर जिन्दा हे’ को नाममा थियो । यस सञ्जय दत्तको बायोपिक चलचित्रमा रणबीर कपूरले उनको भूमिका निभाएका छन् । रणवीरको अभिनयले अहिले निकै तारिफ पाइरहेको छ ।