कान्छि भगाउने दाउमा भीमसेन (भिडियो)

असार, काठमाडौं ।

गायक भिमसेन लामाले नयाँ गीत लिएर आएका छन् । ‘हे कान्छी’ बोलको उक्त गीत मंगलबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरियो । जसमा उनको एकल आवाज छ भने भिडियोमा पनि उनले अभिनय गरेका छन् । एकसमय निकै चर्चामा आएका गायक लामा निकै लामो समयको ग्यापपछि पुनः गीतसंगीतको क्षेत्रमा आएका हुन् । ‘म आफ्नै कारणले गायन क्षेत्रबाट हराएँ । म २५ वर्षसम्म जागिरमा लागें अनि त्यो बीचमा फिल्म खेल्न तिर पनि लागें । तर, अब म गायन क्षेत्रमै फर्किएको छु ।’

सार्वजनिक ‘हे कान्छी’मा विकाश सिल्वालको शब्द र संगीत रहेको छ । भिडियोलाई संजय पाण्डेले निर्देशन गरेका हुन् । भिडियोमा पूणिमा लामा, दोर्जे लामा र एलीना गुरुङलाई फिचरिङ गरिएको छ । विकाश भुजेलको एरेञ्ज, दिनेशजंग राणाले सम्पादन गरेको गीतको भिडियोलाई भकारी एमडीसीले बजारमा ल्याएको हो ।

कार्यक्रममा गायक शिशिर योगी, सङ्गीतकार रामजी नेपाली, गीतकार सुरेन्द्र राना, साहित्यकार नरप्रसाद धिताल, बरिष्ठ छायाँकार प्रकाश मास्के, दीर्घ गुरुङ, सडकपेटी हरियाली अभियन्ता केपी पौडेललगायतका व्यक्तित्वहरु र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

भीमसेनका गीतहरु त्यतिबेला रेडियो नेपालबाट खुब बज्ने गरेको उनी बताउँछन् । आधुनिक र लोक पप गीत गाउन रुचाउने लामा पछिल्लो समय युवा पुस्ताहरुका लागि पनि मन पर्ने गीत लिएर आउने तयारीमा रहेको बताए । ‘गएको वर्ष रेडियो नेपालबाट विशिष्ठ गायकको सम्मान पाएको थिए, उक्त सम्मान मिलेपछि गीत गाउन उर्जा थपिएकोले आफू अब गायन क्षेत्रलाई निरन्तरता दिन लागेको हुँ’ भीमसेनले भने ।

video: