यस हप्ता कमाई को मामलामा रणबीरको ‘सन्जू’ सुपरहिट

असार, काठमाडौ ।

बलिउड चलचित्र 'सन्जू' प्रर्दशनमा आएको आज एक हप्ता भएको छ । रणबीर कपूर अभिनित यस चलचित्रले आज सातौ दिनमै बक्स अपिसमा २०० करोडको आकडा पार गरिकेको छ ।  चलचित्र 'सन्जू'  को प्रर्दशनको तीन दिनको कमाई ४६ करोडमाथी थियो र चारदिनको दिनदेखि एक्कासी यसमा गिरावट आई कलेक्शनको आकडा २५ करोडको आसपासमा रहन पुग्यो । एक हप्ताको बक्स अपिसको कलेक्सनको बारेमा चर्चा गर्ने हो भने चलचित्रले प्रर्दशनकै दिन अर्थात शुक्रबार ३४.७५ करोड , शनिबार ३८.६० करोड, आईतबार ४६.७१ करोड , सोमबार  २५.३५ करोड , मंगलबार २२.१० करोड , बुधबार १८.९० करोड र बिहिबार १६.१० करोड  कलेक्सन गरेको छ । यसै गरि एक हप्तामा चलचित्र सन्जुले बक्स अपिसमा एकमुस्ट २०० करोड कमाएको छ ।

रणवीर कपूरको करियरकै यो चलचित्र २०० करोड पूगेको पहिलो चलचित्र हो । यस अघि रणवीर अभिनित चलचित्रको कलेक्शनलाई हेर्ने हो भने चलचित्र बर्फीले बक्स अपिसमा ११२.१५ कारोड ,ये जवानी है दीवानीले १८८.५७ करोड , ए दिल है ११२.४८ करोड को कलेक्शन गरेको थियो । यसैमा चलचित्र 'सन्जू'  रणबीर को करियरको अहिले सम्मकै सब भन्दा ठुलो चलचित्र साबित भएको छ । यस हप्ता अरु कुनै पनि ठुला बजटको चलचित्र प्रर्दशनमा नआएका कारण सन्जूले थप दर्शक बटूल्ने मौका पाएको थियो ।