सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कारको घोषणा

असार, काठमाडौं ।

बिगत नौ बर्षदेखि नियमित साप्ताहिक रुपमा प्रकाशन हँुदै आएको फिल्मीखवर साप्ताहिकले सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । प्रविशा प्रकाशनद्धारा प्रकाशन हँुदै आएको फिल्मीखवर साप्ताहिकले स्व. सविन शाक्यको स्मृतिमा यो पुरस्कार स्थापना गरेको हो ।

३० बर्ष भन्दा बढी बिभिन्न सञ्चार माध्यममा काम गरेका सविन शाक्यले करिब २५ बर्ष चलचित्र पत्रकारिता गरेका छन् भने फिल्मी खवर साप्ताहिकमा नियमित रुपले संलग्नभई काम गरेका थिए ।

गतबर्ष असार २३ गते शाक्यको निधन भएको थियो । शाक्यको निधन भएको बार्षिकी तथा प्रथम स्मृति दीवसका अवसरमा सम्झना तथा सम्मान स्वरुप पुरस्कारको घोषणा गरिएको फिल्मीखवर साप्ताहिकका प्रकाशक तथा सम्पादक शान्तिप्रियले बताएका छन् । सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कार हरेक बर्ष फिल्मी खवरको बार्षिकोत्सवका अवसरमा प्रदान गरिने र अहिलेलाई पुरस्कारको राशि १०,०००।– (रुपैया दशहजार मात्र) सहित प्रमाणपत्र प्रदान गरीने प्रियले बताएका छन् । हरेक बर्ष रंग पत्रकारितामा संलग्न एक पत्रकार हरुलाई यो पुरस्कार प्रदान गरिने पनिप्रियले बताए ।