असार, काठमाण्डौ ।

दयाहाङ राई अहिलेका ब्यस्त नायक हुन् । केहिसमय अगाडी एकपछि अर्को चलचित्रमा देखिने राई अहिलेपनि उत्तिकै ब्यस्त छन् । उनले अभिनय गरेका आधादर्जन बढी चलचित्र निकै चर्चामा छन् । ‘लुट’ चलचित्रमा ‘गोफ्ले’ को भूमिका निर्वाह गरेपछि दर्शकमाझ चिनिएका थिए ।

उनी दयाहाङले अभिनय गरेको अर्को चलचित्र ‘भैरे’ आउँदो साउन ४ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले यो चलचित्रमा मुख्य भूमिका निभाएका छन् । उनले यो चलचित्रलेआफ्नो परिचय फरक बनाइदिने बताएका छन् ।अझैपनि धेरैले उनलाई ‘लुट’ र ‘कबड्डी’ लगायतका चलचित्रको भूमिकाबाट चिनेको र अबभने ‘भैरे’को भूमिकाले दर्शकमा चिनाउने बताए ।उनी भन्छन्, ‘भैरे’ को कथा मन प¥यो अनि छाड्न सकिन । यो मेरो टाइपको फिल्म बनेको छ ।’

‘भैरे’ तपाईको करिअरको फरक फिल्म हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘यो त भन्दिनँ तर मेकिङको हिसाबबाट भने फरक भन्न सक्छु । निर्देशक एभरेष्ट सूर्य बोहरा ‘मेन स्ट्रिम स्कूलिङ’ बाट आउनुभएको हो । उहाँले फिल्ममा त्यही स्कूलिङ फलो गर्नुभएको छ ।’एभरेष्ट सूर्य बोहरा निर्देशीत यस चलचित्र मुस्ताङ र अपरमुस्ताङमा खिचिएको हो ।

उनलाई फिल्मले राम्रो नतिजा ल्याउनेमा शंका छैन । यसमा दयाहाङको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ । ‘सान्नानीलाई भेट्न आउँदा’ र‘’सनम माया ला’को’ गीतले चलचित्रको हाइप मेन्टेन गरिरहँदा ट्रेलरले पनि दर्शकमा फिल्मप्रति चासो जगाइरहेको छ । यो चलचित्रको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बःनेत फिल्मका सह–निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस चलचित्रमा वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बःनेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।