अमेरिका–अष्ट्रेलियामा पनि ‘रोमियो एण्ड मुना’

असार, काठमाडौं ।

नेपालीचलचित्र‘रोमियो एण्ड मुना’ नेपाल सहित बिदशका बिभिन्न आधा दर्जन देशहरुमा पनि प्रदर्शन हुने भएको छ । प्रेमकथाको विषयमा बनेको यो चलचित्र यसअघि नेपालसँगै अमेरिकाका बिभिन्न हलहरुमा प्रदर्शन हुने भएको थियो भने अब अष्ट्रेलिया, जर्मन र इटलीमा पनि प्रदर्शन हुने भएको छ । निर्माता प्रसन्न गोपालीका अनुसार अमेरिका र अष्ट्रेलियामा आगामी २७ जुलाईमा चलचित्र प्रदर्शन हुने भएको छ भने अन्य देशको प्रदर्शन मिति तोकिनै बाँकी छ ।

अभिनेत्री श्रृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्रले केही दिन पहिले मुख्य अंश समेटेर ट्रेलर ल्याएको थियो । सबैपक्ष समेटेर व्यवसायिक ट्रेलर ल्याएकोले विदेशबाट पनि यसको माग बढेको हो ।

जापान, कोरिया र कतारमा पनि चलचित्रको माग भइरहेको निर्माता गोापलीले जानकारी दिए । उनले भने ‘चलचित्र प्रदर्शनका लागि निर्माता राम शर्मा र राहुल गोपाली केही समय पछि अमेरिका उड्दैछन् ।’ अष्ट्रेलिया प्रदर्शनका लागि भने चलचित्रमा निर्देशक नरेशकुमार केसी आफै जाने भएका छन् । ‘रोमियो एण्ड मुना’मा एनिभेसबाट तयार गरिएको राक्षसी रुप समेत देखाइएकोले चलचित्र प्रति देश तथा विदेशका दर्शकमा कौतुलता पैदा भएको हो । आर्ट कलाका दृश्यले बिषेशस्थान पाएको ट्रेलरमा रोमान्स, प्रेम, पिडा, एक्सनका दृश्य दर्शकमा कौतुहलता जगाउने खालका छन् ।

चलचित्रमा ‘सेन्वीच मि’बोलको एक गीत पनि रहेको छ । जसको सम्पुर्ण छायाँकन अमेरिकामा समेत गरिएको छ । नरेशकुमार केसीको निर्देशन रहेको चलचित्र ‘रोमियो एण्ड मुना’मा विनय र श्रृष्टिको अलवा सुःमा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरीको समेत अभिनय छ । प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य चलचित्रका निर्माता रहेका छन् । चलचित्र साउन ११ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।