दोस्रो ओएसनेपाल म्यूजिक अवार्ड सम्पन्न

असार, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रमा लागेका कलाकारहरुलाई प्रदान गरिने अवार्ड ओएसनेपाल म्यूजीक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । आइतबार काठमाडौंको राष्ट्रिय नाँचघरमा  सम्पन्न अवार्ड समारोहमा ७४ वटा विधामा उत्कृष्ट पाँचबाट छनोट भएका कलाकारहरुलाई अवार्ड वितरण गरियो । यस्तै पत्रकारिताको माध्यमबाट नेपाली गीत संगीत तथा कला क्षेत्रको प्रवद्र्धन र संवद्र्धनमा क्रियाशील सात जना वरिष्ठ पत्रकारलाई ‘ओएसनेपाल पत्रकारिता सम्मान २०७५’ बाट, र एक जना श्रिंगारकर्मीलाई र दुई जना पत्रकारलाई नगद पाँच हजारसहित सम्मान तथा प्रोत्साहन पुरस्कार प्रदान गरियो ।

ओएस म्युजिक अवार्डमा सर्वोत्कृष्ट राष्ट्रिय रचना तर्फ बिष्णु पौडेलले अवार्ड हात पारे भने सर्वोत्कृष्ट राष्ट्रिय गीत अन्तर्गत सुरच प्रसाइले हात पारे । त्यसैगरि सर्वोत्कृष्ट आधुनिक तर्फ रमेश राज भट्टराईले अवार्ड जितेका हुन् । यस्तै सर्वोत्कृष्ट आधुनिक रचनामा प्रेम सागर पौडेल, सर्वोत्कृष्ट आधुनिक संगीतमा दीपक राज विश्वकर्मा छन् भने सर्वोत्कृष्ट आधुनिक रपप एरेन्जर तर्फ पुष्कर सुनुवारले अवार्ड जितेका हुन् । त्यसैगरि सर्वोत्कृष्ट आधुनिक भिडियो सम्पादनमा टेकेन्द्र शाह बिजेता भएका हुन् ।

सर्वोत्कृष्ट आधुनिक मोडल महिला तर्फ जान्वी बोहोराले अवार्ड उचाल्न सफल भएकी छिन् भने सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष तर्फ देवेन्द्र छेत्री छन् । सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष तर्फ सनम कठायतले अवार्ड हात परेका हुन् । यसैगरी सर्वोत्कृष्ट आधुनिक गायिका नवप्रतिभा तर्फ श्रीजना गुरुङ, सर्वोत्कृष्ट आधुनिक गायक नवप्रतिभा तर्फ पुन्यम प्रधान छिन् भने सर्वोत्कृष्ट आधुनिक गायिका तर्फ जुना प्रसाइ बिजेता भएकी हुन् ।

यस्तै सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला तर्फ मन्जिता केसि, सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला तर्फ करिष्मा ढकाल, सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला जुरी तर्फ रिना थापा मगर, सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष तर्फ आशिर प्रताप जंग, सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष तर्फ महेन्द्र गौतम, सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष तर्फ रामजी खाड, सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला नवप्रतिभा तर्फ सन्ध्या सानु परेकी छिन् भने सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष नवप्रतिभा तर्फ निर्मल क्षेत्रि बिजयी भएका हुन् ।

कार्यक्रममा सांसद कोमल वली प्रमुख अतिथिको रुपमा रहेकी थिइन् भने अन्य थुप्रै अतिथिहरुको उपस्थिती थियो । अहिलेसम्मकै सर्वाधिक बिधाको म्युजीक अवार्ड भएकोले पनि साँझ अबेरमात्र कार्यक्रम सकिएको थियो ।