‘नाई नभन्नू ल ५’ ट्रेलर रिलिजः फेरी दर्शक रुवाउने

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नेपालमा सर्वाधिक सिक्वेल भनेको चलचित्र हो नाई नभन्नु ल । यहि चलचित्र अहिलेसम्म चौथो सिक्वेल दर्शकले हेरिसकेका छन् भने अबफेरी पाँचौं सिक्वेल हेर्न पाउने भएका छन् । बिशेषतः दर्शकलाई हँसाउने भन्दा रुवाउने चलचित्र भनेर नाई नभन्नु ल चिनिदै आएको छ । यसपटक नाई नभन्नु ल ५ ले पनि त्यो कुरालाई छोडेको छैन अर्थात दर्शक रुवाउने चलचित्र बनेको बझ्न सकिन्छ ।

चलचित्रको मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । जसमा प्रेमलाई जोड दिइएको छ । ट्रेलरमा अधिकांश कलाकारको आँखामा आँशु त त्यसले गर्दा पनि दर्शकको आँखामा आशु आउने देखिन्छ । ट्रेलरमा मुख्य कलाकार स्वस्तीमा खड्का, केकी अधिकारी, प्रियंका कार्की, निरुता सिंह, दिलिप रायमाझी, अभिषेक नेपाल र बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मालाई फिचर्ड गरिएको छ ।

विकाश आचार्य निर्देशीत यो चलचित्र पारिवारिक कथामा निर्माण गरिएको हो । हरिबोल भण्डारी र गौरी जोशीले निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र बिष्णुमणि दाहाल हुन् । चलचित्रमा अभिषेक नेपाल र बालकलाकार सेड्रिना शर्माले डेब्यु गर्दैछन् । जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ । वान टाइम सिनेमाको व्यानरमा निर्माण भएको चलचित्रमा बसन्त सापकोटाको संगीत, अर्जुन जिसीको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्र आउँदो भदौ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

video: