‘कायरा’को रोमान्टिक गीतः आर्यन–साम्राज्ञी समुन्द्री किनारमा (भिडियो)

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौं&nbsp; । </b></pre><p style="text-align: justify; ">आउँदो साउन १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कायरा’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।&nbsp; अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको यो चलचित्रको ट्रेलर दुईसाता अघि सार्वजनिक भइसकेको छ । ट्रेलरबाट राम्रो प्रतिक्रिया मिलेको छ ।&nbsp; सार्वजनिक ‘सुखमा’ बोलको रोमान्टिक गीतको भिडियोमा आर्यान र साम्राज्ञी फिलिपिन्सको समुन्द्री किनारमा रमाइरहेका छन् ।&nbsp; &nbsp;सार्वजनिक गीतमा केतन क्षेत्रीले स्वर दिएका छन् भने कोशिश क्षेत्रीको शब्द तथा संगीत छ । गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्र लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।&nbsp; आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।</p><p style="text-align: justify; ">चलचित्रका छायांकार शिवराम श्रेष्ठ हुन् राजकुमार भट्ट कार्यकारी निर्माता रहेको यो चलचित्रमा दिनेश थापा र दिवस पराजुली सह–निर्मातामा छन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/z2km2uyHLJM" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>