रुचाइयो ‘नाई नभन्नु ल ५’ ट्रेलर, आयो युट्युव ट्रेन्डिंग १ मा

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असार, काठमाडौं । </b></pre><p style="text-align: justify; ">तीनदिन अघि मात्रै सार्वजनिक गरिएको नाई 'नभन्नु ल ५' चलचित्रको ट्रेलर लोकप्रिय बनेको छ । नेपाली चलचित्रका ट्रेलर तथा गीतहरु केहि महिना यता युट्युवको ट्रेडिंगमा पर्न सकेका थिएनन् तर यो चलचित्रको ट्रेलर आजको दिनमा नम्बर १ को स्थानमा छ । यसले चलचित्र प्रति दर्शकको चासो निकै रहेको बुझ्न सकिन्छ । ट्रेलर यो समाचार तयार पार्दासम्म ७ लाख बढीले हेरिसकेका छन् । चलचित्र भदौ ८ गतेबाट प्रदर्शन्मा आउँदैछ ।</p><p style="text-align: justify; ">विकास आचार्य निर्देशित यो चलचित्रको ट्रेलरमा अधिकांश सकारात्मक प्रतिक्रिया देखिन्छ । ट्रेलरलाई युट्युवमा १८ हजारभन्दा बढिले लाइक तथा १२ सयले डिसलाइन गरेका छन् । चलचित्रमा बाल कलाकार अनुभव रेग्मीको प्रमुख भूमिका रहेको छ । उनी यो सिक्वेलका हरेक भागमा दोहोरिएका कलाकार हुन् । पाचौं भागमा उनलाई बाल कलाकार सेड्रिना शर्माले साथ दिएकी छन् । चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, निरुता सिंह, दिलिप रायमाझीलाई पनि देख्न सकिनेछ । चलचित्रमा स्वस्तिमा खड्का र नवनायक अभिषेक नेपालको जोडी पनि छ ।&nbsp;&nbsp;</p><pre style="text-align: justify; "><b>Trailer:&nbsp;
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/rauujlVEZPE" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>