आर्टिष्ट खबर/ असार, काठमाडौं ।

बिगत तीनदशक भन्दा लामो समयदेखी बिभिन्न देशहरुमा नेपाली बाजा चिनाउँदै आएका प्राना मुण्डी ब्याण्डका प्रताप केसी यतिखेर युरोप टुरमा छन् । युएसको टुर सकेर उनी अहिले भारतीय आर्टिष्ट टिमसँग युरोपका बिभिन्न कार्यक्रममा नेपाली बाजाहरुको प्रमोट गरिरहेका छन् । भारतको राजेस्थानका हिमननाथ र हैदर गोराऊ सँग मिलेर प्रतापले नेपाली बिभिन्न बाजाका धुनहरु बिदेशी नागरिकहरुलाई सुनाइरहेका छन् ।

‘मैले यहाँ नेपालको र भारतको पुराना बाजाका धुनहरु बिभिन्न कार्यक्रममा सुनाइरहेको छु’ प्रतापले आर्टिष्ट खबरसँग कुरागर्दै भने । उनले बाँसुरी, तबला, हार्मुनियम, खरताल, मर्चङ जस्ता बाजाहरु सुनाएका छन् । यहि जुलाई ८ मा पनि उनले अस्ट्रेलियाको भेइनामा प्रत्येक बर्ष हुने बालबालिकालाई बिभिन्न बाजा सिकाइने कार्यक्रममा यी बाजाहरुको बारेमा जानकारी गराएका थिए । नेपाली बाजालाई विश्व सामु चिनाउने उद्देश्यका साथ बिगत लामो समयदेखी बिश्वका बिभिन्न मुलुकमा पुग्ने गरेको प्रतापको भनाई छ ।