संगीत विकास बोर्ड निर्माण गरियोस् भन्दै दोहोरीगीत प्रतिष्ठानको संस्कृतिमन्त्रीलाई पत्र

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असार, काठमाडौं । </b></pre><p style="text-align: justify; ">राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले संगीत विकास बोर्ड निर्माण गर्नका लागी साँस्कृतिक तथा पर्यटन मन्त्रालयलाई पत्र बुझाएको छ । प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी सहितको टिम मन्त्रालय पुगेर सांस्कृति तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् । पंगेनीसँगै प्रतिष्ठानकी महिला सचिव राधिका हमाल, सचिव कृष्ण रेउले, महिला उपाध्यक्ष रिता थापा मगर, महासचिव सुबास केसी लगाएतको टिम पुगेको थियो ।</p><p style="text-align: justify; "> पछिल्लो समय देखिएको संगीत क्षेत्रको गलत गतिविधिको अन्त्य गरिन र संगीतको धरातललाई सुधार्न एक संगीत बिकास बोर्ड खडा गरिनु पर्ने ज्ञापन पत्रमा लेखिएको छ । अधिकांश गीत संगीतको क्षेत्रमा कुनै मापदण्ड नरहदा जस्ता पनि गीत संगीत आउने र धावा बोल्ने ठाउँ नहुदा राम्रा कलाकार मारमा पर्ने भन्दै पंगेनीका टिमले उक्त ज्ञापन पत्र सहित तत्काल यो बिषयमा सरकारले कदम चाल्नु पर्ने अभिव्यक्ति प्रस्तुत गरिएको थियो। सोहि क्रममा मन्त्री अधिकारी पनि आफु सकारात्मक भएको र यो बिषयलाई गहिरो रुपमा लिएर तत्काल निराकरण गर्ने आस्वासन दिएका छन् ।</p>