अनुप र शिल्पाले साथ नदिँदा ‘वीराङ्गना’ निर्देशकको दुखेशो

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘वीराङ्गना’मा नायिका शिल्पा पोखरेल र अनुप बिक्रम शाहीको मुख्य भूमिका छ । चलचित्र प्रदर्शन हुनुभन्दा करिब एक महिना अघि चलचित्रका निर्देशक तथा निर्माताहरु प्रचारप्रसारमा लागिरहेका छन् । चलचित्रका मुख्य कलाकारनै प्रचारमा नहिडिदिँदा निर्माण टिमले दुखेशो पोखेको छ ।

कलाकारको साथ नपाउँदा नपाउँदै पनि दर्शकको राम्रो साथ भएको भन्दै निर्माण टिमले आइतबार राजधानीमा एक कार्यक्रमका बिच केट काट्यो । चलचित्रले बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न सकेको छैन तर जति दर्शकले हेरेका छन् राम्रो प्रतिक्रिया दिएका छन् । चलचित्रमा अनुप विक्रम र शिल्पाको साथमा पृथ्वीराज प्रसाईँको मुख्य भूमिका छ । चलचित्र देशभरका ७० बढी हलमा लागेको निर्माताको दाबी छ ।

चलचित्रका निर्देशक राजबहादुर सानेले मुख्य कलाकारले नै प्रमोशनको समयमा साथ नदिँदा चलचित्रलाई ठुलो घाटा हुनपुगेको बताउँछन् । उनले चलचित्रको प्रदर्शनको समयमा थोरै समय पनि आफ्नो चलचित्रका लागी नछुट्याएको भन्दै आक्रोश पोखेका थिए । शुरु देखी नै अनुपले आफुहरुलाई साथ नदिएको उनको भनाई थियो भने नायिका शिल्पाले पनि साथ नदिएको बताए । उनी शिल्पा माथि भने कडै रुपमा प्रस्तुत भएका थिए । निकै मेहनत गरेर निर्माण गरेको चलचित्रलाई साथ नदिँदा निकै चित्त दुखेको उनी बताउँछन् । ‘यसअघि ‘वृन्दावन’ को पालामा पनि निकै दुख पाएका थियौँ । ‘वीराङ्गना’ मा पनि त्यो दुख दोहोरियो । हामी नयाँ भएका कारण सबैबाट अत्याचार भयो । त्यो दुखलाई चलचित्रको व्यापारले खुसी तुल्याएको छ’, निर्देशक सानेले भने ।

यस्तै निर्माता श्यामबहादुर थापाले आफ्नो लागि दर्शकबाट पाएको प्रतिक्रिया नै सबैभन्दा ठूलो कमाई रहेको बताए । उनले चलचित्रको कलेक्सनबाट पनि सन्तुष्ट रहेको बताएका छन् । निर्देशक सानेले भने नेपाली चलचित्र क्षेत्रमा ठूलो राजनीति हुने गरेकोमा दुखेसो पोखे । उनले शनिबार हलहलमा दर्शकको प्रतिक्रिया बुझ्न पुग्दा अधिकांश कलाकारहरुले मुख्य कलाकारलाई खोजेको बताए । ‘हामी हलमा पुग्दा शिल्पा र अनुपलाई खोजिरहेका थिए, यसरी दर्शक निराश हँदा चलचित्रमा असर पर्छ’, उनले भने । खुसियाली मनाउन निर्माताहरु बाबुराम दास, श्यामबहादुर थापासँगै निर्देशक राजबहादुर साने र अभिनेता पृथ्वी उपस्थित थिए ।