सामाखुशीमा खुल्यो लेकाली स्टुडियो

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

राजधानीको सामाखुशीमा अर्को रेकर्डिङ स्टुडियो संचालनमा आएको छ । करण थापा र पूर्ण बुढामगरले संयुक्त रुपमा लेकाली रेकर्डिङ स्टुडियो संचालनमा ल्याएका हुन् । आइतबार एक समारोहका बिच चर्चित लोकगायक राजु परियारका साथमा कानून ब्यबसायिक सुरज भुसाल तथा संचालक पूर्ण बुढाले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा गायक परियारले स्टुडियोको नाममै नेपाली मौलिकता रहेको इंगीत गर्दै यसबाट गुणस्तरिय गीतसंगीत उत्पादन हुने बिश्वास ब्यक्त गरे । त्यसैगरी, कानून ब्यबसायिक भुसालले नेपाली गीतसंगीत तथा चलचित्र क्षेत्रमा नयाँ खुलेको स्टुडियो र चलचित्र प्रोडक्शन कम्पनीले टेवा पु¥याउने बिश्वास ब्यक्त गरे । करण फिल्मस्का प्रमुख करण थापाले फिल्म कम्पनी तथा रेकर्डिङ स्टुडियोमार्फत आफूहरु गुणस्तरिय सृजना पस्कने प्रयत्नमा रहेको बताए ।