विकास बोर्ड अध्यक्ष पदबाट निकिता नहट्ने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असार, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> चलचित्र विकास बोर्ड अध्यक्ष पदबाट निकिता पौडेल नहट्ने भएकी छिन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ती बदर गर्ने वर्तमान सरकारको निर्णयपछि उनी पदमुक्त भएकी थिइन् । सर्वोच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट निकिता पौडेललाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।&nbsp;</p><p style="text-align: justify; ">यो सरकारको २० असारमा बसेको मन्त्रिपरिषद् बैठकले तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले गत वर्ष १४ भदौदेखि २ फागुनसम्म गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयको आधारमा १० दिन अघि निकितालाई सञ्चार मन्त्रालयले अकाश पत्र दिएको थियो । सोमबार न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले पौडेललाई हटाउने निर्णय दोस्रो सुनुवाइ नभएसम्मका लागि यथास्थितिमा राख्न भनेको हो ।&nbsp; सर्वोच्चको अन्तरिम आदेशपछि निकिताले प्रारम्भिक न्याय पाएको भन्दै साउन १ गतेबाट चलचित्र विकास बोर्डमा गएर काम सुरु गरेकी छन् ।&nbsp;</p>