बक्स अफिसमा पहिलो ‘भैरे’, कस्तो गर्ला कलेक्सन

आर्टिष्ट खबर/ साउन, काठमाण्डौ ।

यहि साउनको १ गतेदेखी नेपाली चलचित्रक्षेत्रमा एक खुसीयाली थपियो, त्यो हो बक्स अफिस लागु । बर्र्षौ देखी चलचित्रकर्मिहरुले कुरा उठाउँदै आएको बक्स अफिसको कुरा ठुलो प्रयासपछि अन्ततः लागुभएको छ । बक्स अफिस राजधानीका २० हलहरुमा लागुभएको हो । नेपाल भरीका सबैहलमा एकैसाथ लागुहुन सम्भव नभएपछि अहिले राजधानीलाई केन्द्रित गरियो । चलचित्र बिकासबोर्डका अनुसार अर्कोबर्षको असार भित्र राजधानी बाहिरपनि बक्स अफिसको लागु गरिने छ ।

यसैबिच बक्स अफिस लागुभएसँगै चलचित्रहरुको कलेक्सनमा पारदर्शीता देखिने भएको छ । गएको शुक्रबारबाट चार नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आए तर ती सबै चलचित्रले उल्लेखनीय दर्शकको साथ भने पाउन सकेनन् । चलचित्रका निर्माताहरुले आफ्नो चलचित्रको कलेक्सन बक्स अफिसबाट छर्लङ्ग हेर्न पाउने भएका छन् ।

यस्तै यहि साउन ४ गतेदेखी चलचित्र ‘भैरे’ प्रदर्शनमा आउँदैछ । बक्स अफिस लागुभएसँगै प्रदर्शनमा आउने चलचित्रमध्येको पहिलो चलचित्र बनेको ‘भैरे’ले कस्तो कलेक्सन गर्ला र बक्स अफिसबाट कलेक्सन हेर्न स्वयमः यसै चलचित्रका निर्माता समेत आतुर छन् । चलचित्रले कमाउने जस्ताको तस्तै हिसाब बक्स अफिसले देखाउने हुँदा निर्माताहरु खुसी पनि देखिन्छ ।

बक्स अफिस नेपाली चलचित्र क्षेत्रमा अनलाइन, इटिकेटीङ्ग सिस्टमको आधुनिकीकरणको नमुना हो । माननिय सूचना तथा सञ्चार मन्त्रीले गएको मंगलबार उद्घाटन गरि विधिवत रुपमा घोषणा गरिएको थियो । बक्स अफिस नेपाली चलचित्र उधोग र सम्पुर्ण  सिनेमाकर्मीहरुले लामो समय देखि देखेको सपनाको नाम हो । सजिलो अर्थमा बक्स अफिसलाई चलचित्र व्यवसायको पारदर्शिता झल्काउने र नेपाली चलचित्र उधोगले पहिलो पटक नेपाल सरकारको दृष्टीकोणमा उधोगको रुपमा मान्यता प्राप्त गरेको ऐतिहासिक पहिलो खुड्किलोको रुपमा हेरिएको छ ।

अपर मुस्ताङ्ग, स्याङ्गजा, पर्वत र पोखराका ठाँउहरुमामा छायांकन गरिएको ‘भैरे’का दुई गीत सार्वजनिक भइसकेका छन् भने ती गीतले दर्शकको राम्रो प्रतिक्रिया पाइसकेका छन् । यस्तै चलचित्रको ट्रेलरले पनि निकै राम्रो प्रतिक्रिया पाएको छ । निर्देशक एभरेष्ट सूर्य बोहराको शब्दमा गायक यम बरालले सगीत गर्नुभएको तथा चर्चित गायिका अन्जू पन्त र यम बरालको स्वरमा सजिएको गित ‘सनम माया लाको’ , र चर्चित सगितकार बसन्त सापकोटाले संगीत गरेको र उनकै स्वरमा यम बराल र मेलिना राईले साथ दिएको गित ‘सान्नानीलाई भेट्न आउदा’ यतिबेला युट्युवमा पनि राम्रो भ्यु पाइरहेको छ । निर्देशक बोहराले यसअघि ५१ दिन मनाउन सफल चलचित्रहरु ‘अग्नि परिक्षा’, ‘कान्छा’, ‘मुटु’ र ‘ठूली’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् ।  चलचित्रमा प्रेम प्रसाद पौडेल,  देवीमाया अधिकारी र सविता गुरूङ्गको निर्माण छ । करुणाकर घिमिरे, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत फिल्मका सह–निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले चलचित्रको सम्पूर्ण दृश्य खिचेका छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस चलचित्रमा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

Related video: