‘जय शम्भु’ गीतमा रोमान्टिक अनुप–बर्षा

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

दुई करोडको लगानीमा निर्माण भएको चलचित्र ‘जय शम्भु’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘म त परेँ तिम्रै भर’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार नायक अनुप विक्रम शाही र नायिका वर्षा शिवाकोटीको प्रेम देखाइएको छ । गीतमा टंक बुढाथोकीको संगीत, अमृता नेपालको शब्द, रामजी लामिछानेको कोरियोग्राफी र अन्जु पन्त र टंक बुढाथोकीको स्वर रहेको छ ।

बिहिबार राजधानीमा आयोजीत गीत रिलिज कार्यक्रममा चलचित्र टिमले गीत तथा चलचित्रको बिषयमा बोलेका थिए ।  दिनेश शाही प्रस्तुत कर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् । यस्तै सह निर्माताहरु कुशल शर्माा र शिक्षा काफ्ले हुन् । फिल्ममा रुपेश तामाङको निर्देशन, हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।  फिल्ममा अनुप विक्रम शाही, वर्षा शिवाकोटी र प्रशान्त ताम्राकारसँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना लगायतका कलाकारहरुको भुमिका रहेको छ ।

राजधानीमा बिके फिल्मस्का गोपाल काजी कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् । यस्तै राजधानीको लागि बिके फिल्मस्सँग पहिलो पटक जयन ईन्टरटेन्मेन्टका जयन श्रेष्ठले पनि सहकार्य गरेका छन् । चलचित्र आउँदो भदौ १ गतेबाट प्रदर्शन हुने तयारीमा छ ।

video: