असोज, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले आयोजनामा हुने तेश्रो इनास अवार्ड २०१४’ का उत्कृष्ट तीन मनोनयन सार्वजनिक भएको छ । राजधानीमा बुधबार प्रत्रकार भेटघाट गरी इनासले १४ विधाका मनोनितलाई प्रमाण पत्र समेत वितरण गरेको थियो ।
कार्यक्रममा प्रमाणपत्र ग्रहण गर्ने कलाकारहरुको उपस्थिती कमै देखिन्न्थ्यो । राजधानीको जोर बिजोर प्रणाली , सुटिङ र प्रट्रोलको अभावले पनि कलाकारहरु कार्यक्रममा आउन नसकेको आयोजकको ठम्याई थियो । कार्यक्रममा नायक आर्यन सिग्देल, नायिका शिल्पा पोखरेल, बाल कलाकार अनुभव रेग्मी लगायत सेलिब्रेटीले इनासको मनोनित प्रमाण पत्र लिएका थिए ।
त्यस्तै कोरियोग्राफर शंकर विसी र नायक तथा गायक बाबु बोगटी ले इनास अवार्ड नलिने निर्णय लिएका छन् । अवार्ड आयोजक कमिटिमा आफु रहेकाले अवार्ड ग्रहण गर्नु उचित नहुने भन्दै बाबु र शंकरले इनास अवार्ड नलिने घोषणा गरेका हुन् ।
‘तेश्रो इनास अवार्ड २०१४’ मनोनयन यस प्रकार छन् ।
उत्कृष्ट फिल्म
टलकजंग भर्सेज टुल्के,
कबड्डी
नोभेम्बर रेन
उत्कृष्ट निर्देशक
निश्चल बस्नेत,
रामबाबु गुरुङ
दिनेश राउत
उत्कृष्ट नायक
आर्यन सिग्देल (नोभेम्वर रेन)
दयाहाङ राई (कबड्डी)
अनमोल केसी (जेरी)
उत्कृष्ट नायिका
नम्रता श्रेष्ठ (नोभेम्वर रेन)
केकी अधिकारी (बितेका पल)
शिल्पा पोखरेल (लज्जा)
उत्कृष्ट छाँयाकार
शैलेन्द्र डी कार्की (जेरी)
सञ्जय लामा (स्टुपीड मन)
पुरुषोत्तम प्रधान (कबड्डी)
उत्कृष्ट सम्पादन
निमेश श्रेष्ठ (कबड्डी)
विपिन मल्ल (वितेका पल)
लोकेश बज्राचार्य (टलकजंग भर्सेज टुल्के)
उत्कृष्ट आलेख
रामबाबु गुरुङरउपेन्द्र सुब्बा (कबड्डी)
विपिन मल्ल (वितेका पल)
विकास आचार्य (नाई नभन्नु ल २)
उत्कृष्ट संगीत
शम्भुजित बास्कोटा (कोहिनुर)
अर्जुन पोखरेल (स्टुपिड मन)
वसन्त सापकोटा( नाई नभन्नु ल २)
उत्कृष्ट गीतकार
डा कृष्णहरी बराल(नाई नभन्नु ल २)
अर्जुन पोखरेल (स्टुपिड मन)
दिनेश राउत (नोभेम्बर रेन)
उत्कृष्ट गायक
प्रेम परियार( नाई नभन्नु ल २)
स्वरुपराज आचार्य (स्टुपिड मन)
बाबु बोगटी (बितेका पल)
उत्कृष्ट गायिका
अन्जु पन्त (स्टुपिड मन)
प्रकृती गिरी (वितेका पल)
प्रविशा अधिकारी (नोभेम्बर रेन)
उत्कृष्ट नृत्य
वसन्त श्रेष्ठ (कोहिनुर)
गम्भिर विष्ट( टलकजंग भर्सेज टुल्के)
शंकर वीसी (बितेका पल)
उत्कृष्ट द्धन्द्ध
चन्द्र पन्त (लज्जा)|
अष्ट महर्जन (स्टुपिड मन)
एनबी महर्जन (६ एकान ६)
उत्कृष्ट वाल कलाकार
संगम विष्ट (लभ यू बाबा)
अमर लामा (श्री ५ अम्बरे)
अनुभव रेग्मी (नाई नभन्नु ल २)