आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

कान्तिपुर फिल्म एकेडेमीले देशका बिभिन्न शहरहरुमा चलचित्र निर्माणसम्बन्धी वर्कशप सञ्चालन गर्ने भएको छ । इटहरीमा भदौ ३ देखि ८ गतेसम्म, हेटौँडामा भदौ १० गतेदेखि १५ गतेसम्म, नारायणघाटमा भदौ १७ गते देखि २२ गतेसम्म, पोखरामा भदौ २४ गतेदेखि २९ गतेसम्म, बुटवलमा भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म र नेपालगञ्जमा असोज ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने एकेडेमीले जनाएको छ । पछिल्लो समय काठमाडौं बाहिर अधिकांश चलचित्र छायांकन हुन थालेको र निर्माण गर्ने ब्यक्ति तथा संस्थाहरुपनि धेरे खुलेको हुँदा चलचित्र निर्माणको वर्कशपको आवश्यकता देखेरै यो कार्य गर्न लागिएको बताइएको छ ।

सबै शहरमा बिहानको १० बजेदेखि बेलुकी ५ बजेसम्म सैद्धान्तिक र व्यावहारिक तरिकाबाट वर्कशप सञ्चालन हुनेछ र चलचित्र निर्माणसम्बन्धी चासो भएको जो कोही पनि सहभागी हुन पाउनेछन् । काठमाण्डौ बाटै दक्ष प्रशिक्षक र अत्याधुनिक क्यामेरा एवम् सामग्रीहरु ल्याई सञ्चालन गरिने वर्कशपबाट मौफसलमा लुकेर रहेका प्रतिभा तथा कथाहरुलाई बाहिर ल्याउनमा प्रत्यक्ष सहयोग पु¥याउनेछ । पहिलो चरणको वर्कसपपछि बाँकी रहेका अन्य शहरहरुमा पनि यस्तै कक्षा सञ्चालन गरिने कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी दिए ।

चलचित्रसम्बन्धी शैक्षिक कार्यक्रम, वर्कशप तथा कक्षा उपत्यकाभन्दा बाहिर जान सकेका थिएनन् तर अब भने चलचित्र निर्माणसम्बन्धी शिक्षा दिने, सिनेमा साक्षरता बढाउने र नयाँ जागरुक फिल्ममेकर तथा स्टोरी राइटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले यो वर्कशप सञ्चालन गर्न लागिएको हो ।