‘भैरे’, ‘चक्कर’ र ‘पण्डित बाजेको लौरी एकसाथ प्रदर्शनमा, तीनमा कुन हेर्ने ?

साउन, काठमाडौ ।

आज शुक्रबार तीन नेपाली चलचित्र बिभिन्न हलमा लागेका छन् । 'भैरे', 'पण्डित बाजेको लौरी' र चक्कर आज शुक्रबारदेखि एक साथ प्रदर्शनमा आएका छन् ।

दीपक ओलीद्दारा निर्देशित चलचित्र  ‘पण्डित बाजेको लौरी’ पण्डित्याँईं  र  बादी प्रथा सम्बन्धी बनेको चलचित्र हो । यो चलचित्रमा पश्चिम नेपालको बादी समुदायको पेसा, सामाजिक अवस्था र अस्तित्वको संघर्षको कथा प्रस्तुत गरिएको छ।  चलचित्रमा प्रवीण खतिवडा, सन्ध्या केसी, भोला सापकोटा, विजय बराल, लोकेन्द्र लेखक, मरिश्का पोखरेल, प्रमोद अग्रहरीलगायत कलाकारले अभिनय रहेको छ ।

त्यसैगरी आजै प्रर्दशनमा आएको चलचित्र भैरे एभरेस्ट सूर्य बोहोराको निर्देशनमा बनेको भैरेलाई प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीले निर्माण गरेका हुन् । भैरे’ मा अभिनेता दयाहांग राई शिर्ष भूमिकामा देखिएका छन् ।  दयाहाङ राईको अलवा चलचित्रमा बुद्धि तामाङ, वर्षा शिवाकोटी, सुरक्षा पन्त, विक्रान्त बस्नेत, अनुभव रेग्मीलगायत कलाकारले अभिनय रहेको छ । भैरे देशप्रेम कथा वस्तुमा बनेको र स्वदेशमै केही गर्न चाहानेहरुलाई सम्भावना रहेको कथा मा चलचित्र बनेको निर्माणपक्षले बताएको छ।

अनुष्क रौनियार निर्देशित चलचित्र  ‘चक्कर’ को निर्माता थमन भण्डारी र किशोर खड्का रहेका छन् ।  चलचित्र रविन आचार्यको लगानीमा बनेको छ । रविन आचार्यकै सिनेम्याटोग्राफी रहेको यो चलचित्र एक सहरमा हुने गरेको गुन्डागर्दी तथा अपराधको विषयमा निर्माण गरिएको छ । चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, सृजना सुब्बा, एवन राज उप्रेती, स्मृति ढुंगाना लगायतको अभिनय रहेको छ ।