कपडा व्यवसायी संघको फेशन शो

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

राजधानीमा शनिबार आयोजित ‘एनसिएमटीए फेशन शो २०१८’ सम्पन्न भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघको आयोजनामा पहिलो पटक इन्द्रेणी फुडल्याण्ड बानेश्वरमा ‘फेशन शो’ सम्पन्न भएको हो । उक्त फेशन शोमा दर्जनबढि मोडलहरु विभिन्न परिवेश र संस्कृति झल्काउने भेषभुषामा ¥याम्पमा उत्रिएका थिए । पाँच सिक्वेन्समा ¥याम्प चल्दा मोडलहरुलाई सबैजसो ड्रेस उपलब्ध तथा डिजाइनको काम कपडा तथा सिलाई व्यवसाय संघसँग आवद्ध सिलाई व्यवसायीहरुले गरेका थिए । नेपाली कल्चर, विवाह, अफिसियल वेयर, पार्टिज वेयर र नेपाली ढाकामा मोडलहरुले विभिन्न क्षेत्र र तप्काका विशिष्ट व्याक्तित्वहरुको उपस्थिती सहितको कार्यक्रममा आफुलाई प्रस्तुत गरे ।

राग रागिनी इन्टरटेन्मेन्टको सहकार्य र रशलाइट मिडियाको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा रमिता भण्डारीले कोरियोग्राफी गरेकी थिइन् । देशभर छरिएर रहेका कपडा तथा सिलाइ व्यवसायीहरुको ऐकेबद्धता रहेको कार्यक्रमले नेपाल कपडा तथा सिलाई व्यवसायी संघ पनि यो प्रकारको कार्यक्रम गर्न सक्षम रहेको सन्देश सहित राष्ट्रिय कल्चर प्रवर्धनमा कार्यक्रम कोशेढुङ्गा साबित भएको संघ अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।

कार्यक्रम संयोजक तथा आयोजक संस्थाका महासचिव सदिश श्रेष्ठले उद्देश्यउपर   कार्यक्रम सफल भएको भन्दै भोलीको दिनमा पनि यो प्रकारको कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।