‘घर आउँनलाई खर्चै पुगेन’, प्रकाश कटुवालको मनछुने दशैं गित (भिडियो)

...

house dasaiअसोज, काठमाडौं । 

बस्यो भन्लान् निस्ठुरी बनि, हाले होलान् गाउँघरमा पिंग पनि,
सम्झिंदा मन यति दुखेन,
यसपालकिो दशैंमा घर आउनेत मन थियो, घर आउनलाई खर्चै पुगेन ।

घरछोडेसी हसिँलो ओंठ छैन, पैसा टिप्ने बिदेशमा बोट छैन ,
सम्झिंदा मन यति दुखेन,
यसपालकिो दशैंमा घर आउनेत मन थियो, घर आउनलाई खर्चै पुगेन ।

जानु भन्दा काम गर्न अर्का देश, गाउँमै बाख्रा पालेर बस्नु बेश,
सम्झिंदा मन यति दुखेन,
यसपालकिो दशैंमा घर आउनेत मन थियो, घर आउनलाई खर्चै पुगेन ।

छैन बिदेश सुख र चइन, गाउँछोडेर साथीहो नहिँड,
सम्झिंदा मन यति दुखेन,
यसपालीको दशैंमा घर आउनेत मन थियो, घर आउनलाई खर्चै पुगेन ।

 

माथि उल्लेखीत गितमा समावेश शब्द हुन् । नेपालीहरुको महान् चाड वडा दशैं नजिकिँदै गर्दा बजारमा दशैं गितहरु आउन थालेका छन् । बिशेषतः आफन्त परिवारजन सँगको भेटघाटलाई पहिलो प्राथमिकतामा राखिने दशैं पर्वमा देश बिदेश भित्र बाहिर रहेका नेपाली परिवारहरु एकै ठाउँमा बसेर दशैं मनाउँछन् ।
prakash katuwalबषौं देखि बिदेशीएका परिवारका सदस्यहरु औंला भाँच्दै दशैं आउने दिन र घर जाने दिन गन्दै बसेका हुन्छन् । यहि दशैंलाई लक्षित गरी बिदा मिलाउँछन् । तर इच्छा राख्दा राख्दै र पहल गर्दा गर्दै पनि बिदेशीएका नेपाली दशैं जस्तो चाडमा घर फर्किन नपाउँदा कत्तिको मन रुन्छ होला ? त्यो हामी सहजै अनुमान लगाउन सक्छौं ।

यस्तै कथामा समावेश दशैं गित बजारमा आएको छ । भर्खरमा नेपाली नारीहरुको तिजमा निकै चर्चामा रहेका गायक प्रकाश कटुवालले सम्झिँदा मन एति दुखेन बोलको दशैं गित बजारमा ल्याएका हुन् । गायक कटुवालको एकल स्वरमा रहेको उक्त गितमा विदेशीएका युवा नेपाल फर्किन नपाएको पिणाको कथा लाई समावेश गरीएको छ । दशैंको बेलामा आउनका लागि खर्च नपुगेको कुरा माथि समावेश शब्दमा पनि उल्लेख गरीएको छ । गितलाई स्मृति म्युजीकले बजारमा ल्याएको हो ।