हामी प्रतिस्पर्धि होइनौं

गोपिकृष्ण चापागाईं / साउन, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित गायकको नाम लिँदा दुई नाम शीर्षस्थानमा आउँछन्, ती हुन्, पशुपति शर्मा र खुमन अधिकारी । लोकगीतको क्षेत्रमा यी दुई गायकले हजारौं गीत गाएका छन् । उनीहरुका नेपालको बिभिन्न ठाउँका पुर्वी देखी पश्चिमी गीतहरु धेरै हिट छन् । दुबैजनाका चर्चित गीतहरु धेरै भएकाले पनि उनीहरुलाई दर्शकहरुले प्रतिस्पर्धिको रुपमा हेर्छन् । कुनै स्टेज कार्यक्रमहरुमा पनि उनीहरु एकसाथ पुगेका हुँदैनन्, त्यसैले पनि उनीहरुबिच प्रतिस्पर्धाको भावना होला भन्ने आम मानिसको बुझाइ छ । तर दुबै कलाकारले आफूहरु प्रतिस्पर्धि भनेर स्विकार्दैनन् । उनीहरुले एकअर्काको प्रतिस्पर्धि नरहेको बताउँछन् । केहिदिन अघि सामाखुसीस्थित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय कार्यालयमा दुबैजना भेटहुँदा हामीले केहि शीर्षकमा कुराकानी गरेका छौं ।

अरुको नजरमा प्रतिस्पर्धि

गायक पशुपति शर्माले खुमन अधिकारीसँग कुनैपनि प्रतिस्पर्धाको भावना नरहेको बताए । अरुले हेर्ने नजरले प्रतिस्पर्धा देखेको उनको भनाई छ । एकै स्टेजमा दुबैजना नदेखिनुको कारण के भन्ने हाम्रो प्रश्नमा पशुपतिले आयोजकलाई कारण देखाए । ‘हामीलाई मेला महोत्सवमा आयोजकले फरक फरक दिनमा बोलाउँनु हुन्छ, त्यसैले हामी एकैपटक नपरेका हौं । आयोजकलाई पनि दर्शक धेरै ल्याउनुपर्ने हुन्छ, त्यसैले दोहोरीका कलाकार दिनैपिच्छे फरक–फरक ल्याउनुपर्ने हुँदा एकैदिन बोलाउनु हुन्न’ पशुपतिले भने । यस्तै गायक खुमन अधिकारीले पनि आफूहरुको दाजुभाईको सम्बन्ध रहेको बताए । उनले गीत बजारमा ल्याउँदा सल्लाहले पनि निकाल्ने गरेको बताए ।  ‘हाम्रो बिचमा प्रतिस्पर्धा भन्ने केहि छैन, पशुपति दाईले आफ्नो तरिकाको गीत गाउँनुहुन्छ, मेरो छुट्टै छ’, खुमनले भने । यस्तै पशुपतिले प्रतिस्पर्धा हुनका लागी एउटै बाटो चाहिने तर आफूहरुको गीतको धारनै फरक भएको बताए ।

जेठा गायक पशुपति, गीत बढी खुमनको

खुमन भन्दा केहिबर्ष अघि नै गायनक्षेत्रमा पशुपतिले प्रवेश गरे । शुरुवात देखीनै पशुपतिले आफैले रचेका गीतमात्र गाउन थाले । उनले लय, शब्द सबै आफैले गर्दै गीत बजारमा ल्याउन थाले त्यस अर्थमा पनि संख्यात्मक हिसाबमा पशुपतिका गीत कम छन् । खुमनले भने ब्यवसायिक हिसाबमा शुरु देखीनै गीत गाउँन थाले र संख्यात्मक हिसाबमा बढी हुन पुगे । ‘मैले शुरुवातका दिन देखीनै आफ्नै लय शब्दका गीत गाउँन थालेँ, अरुको गीत गाइदिनुस् भन्दै धेरै अफर आउँथे तर मैले सबैका सबै किसिमका गीत गाउँन पनि सक्दिन त्यसैले पनि आफ्नै गीतमा जोड गरेँ’, पशुपतिले भने । सबै गीतलाई न्याय दिन नसक्ने डरले अरुको गीत नगाउने स्विकार्छन् ।

दाम भन्दा नाममा जोड

दुबै जनाले शुरुवातमा नामकै लागी यो क्षेत्रमा हात हालेको बताउँछन् । पैसाका लागी मात्र काम गरेको भए अहिलेसम्म निकै धेरै गीत गाइसक्ने उनीहरुको भनाई छ । ‘शुरुवातमा यो क्षेत्रमा नाम होला भनेरै आएको हुँ, बिस्तारै नामसँगै पैसा त कमाइयो तर यदि पैसाका लागी मात्रै दौडिएको भए आज धेरै नै कमाउन सकिन्थ्यो, मलाई अझै पनि गीत गाइदिनुस् भन्नेहरु थ्रपै छन्, तर गीतमा क्वालिटीपनि दिनुपर्छ भन्ने हो’, पशुपतिले भने । यस्तै खुमनले पनि कैयौं गीत स्टुडियोमै गएर गाएका छैनन्, आफुलाई राम्रो लागेको र आफ्नो स्वरले न्याय दिएका गीत मात्र उनले गाएको बताए । ‘मैले यदि आफ्नो स्वरमा मेल खाने गीत भएन भने छाडेर अरुलाई गाउन दिनुस् भनेर पनि हिडेको छु, पैसाकै लागी गरेको भए, जसातसो गाएर हिडिन्थ्यो होला’, खुमनले भने ।

समाजलाई सम्झेर गीत गाउँनुपर्छ

गायक पशुपतिले पछिल्लो समय लोकगीतमा आएका बिकृतीका बारेमा बोल्दै यस्ता गायकलाई समाजसँग डर लाग्नुपर्ने बताए । उनले कुनैपनि ब्यक्तिको, परिवार, समाज हुने भएकोले त्यो ब्यक्तिलाई, दुईअर्थ लाग्ने, भल्गर गीत गाउन डर हुनुपर्ने बताउँछन् । ‘मेरो परिवार छ , घरमा आमाबुबा, छोरा छोरी पनि छन्, मलाई हेर्ने समाज छ, भोली म धेरै बाँच्नुपर्छ भनेर सोच्नेहो भने त्यस्ता गीत गाउँन मन लाग्दैन, हैन जे गर्दानि हुन्छ भन्नेहरुका लागी त केहिभन्न सकिदैन’, पशुपतिले भने । यस्तै खुमनले पनि एक गायक तथा गायिका भइसकेपछि आफ्ना गीतको मुल्यांकन आफैले गर्नुपर्ने बताउँछन् । ‘कुन गीत गाउँने कुन नगाउँने, कस्ता गीतले आफूलाई असर गर्छ त्यो एक गायक तथा गायिका भइसकेपछि बुझ्ने क्षमता हुन्छ जस्तो लाग्छ, त्यसैले आफैले बिचार पु¥याउने हो’ खुमनले भने ।

लाइभ दोहोरी धेरैको रोजाई

पशुपति शर्मा लोकगीतको क्षेत्रमा लाइभ दोहोरीका बिभिन्न प्रतियोगीता जितेरै आएका गायक हुन् । उनले स्टेजमा निकै लाइभ दोहोरी पनि गाएका छन् । ‘म यो क्षेत्रमा लाइभ दोहोरीकै कारण प्रवेश गरेको हुँ, शुरुवातका दिनहरुमा थुपै्र स्टेज लाइभ दोहोरीमा प्रस्तुती दिने गर्दथेँ’, पशुपतिले भने । यस्तै खुमनले पनि देश भित्र तथा बाहिरका स्टेज कार्यक्रमहरुमा लाइभ दोहोरी नै धेरैको रोजाईमा पर्ने गरेको बताए । एकपटक बिदेशका कार्यक्रममा दुबैजना सँगै परेको खुमनले बताए ।

बिष्णु माझिको बिषय हल्लामात्र

पशुपति र खुमनले लोकगीतक्षेत्रकै चर्चित गायिका बिष्णु माझिसँग थुप्रै गीत गाएका छन् । बिशेषतः पशुपतिले भन्दा खुमनले गायिका बिष्णुसँग धेरै गीत गाएको बताउँछन् । पछिल्लो समय बिष्णु माझिलाई घरपरिवारबाट लुकाइएको भन्ने हल्ला झुट भएको उनीहरु बताउँछन् । ‘हामीले बिष्णु माझिका श्रीमान सुन्दरमणीलाई पनि भेटेको छु, दुबैजनालाई धेरैपटक भेटेको छु, बाहिर सुनिएको हल्लाजस्तो नभएको बताए’, पशुपतिले भने । यस्तै श्रीमान–श्रीमती दुबैको इच्छा बमोजिमनै मिडियामा तथा बाहिर नआएको उनको भनाई छ । यस्तै खुमनले पनि बाहिर स्टुडियोमा मुख छोपेरै आउछिन् भन्ने हल्लालाई हल्ला मात्र भएको बताए । ‘बाहिर हिड्दा हामीपनि मुख छोपेर हिड्छौं, त्यसलाई फरक तरिकाले सोच्नु गलत हो’, खुमनले भने ।

समाचार आजको हिमालय टाइम्समा प्रकाशित छ ।