आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गायक राजेशपाएल राईले आफ्नो सांगितीक यात्रामा हजारौं गीत गाइसकेका छन् । सयौं गीत निकै हिट पनि छन् । उनै राजेश पाएल राई नेपाली कलाकारहरुमा सबैभन्दा धेरैपटक बिदेशयात्रा गर्ने कलाकारहरुको लिस्टमा पनि पर्छन् ।

सन् १९९७ मा हङकङबाट आफ्नो बिदेशको यात्रा शुरु गरेका राजेश पाएलले अहिलेसम्म सयौं देश पुगिसकेका छन् । उनका अनुसार अहिलेसम्म १० वटा पासपोर्ट परिवर्तन गरिसकेका छन् । सन् २०१२ बाट एमआरपी पासपोर्ट लागुभएपछि अहिले सन् २०१८ सम्म ६ बर्षको अन्तरमा ४ वटा एमआरपी पासपोर्ट परिवर्तन गरिसकेका छन् भने सन् २०१२ भन्दा अघि ६ वटा पासपोर्ट प्रयोग गरिसकेको आर्टिष्ट खबरसँग कुरागर्दै भने ।

यसरी उनले प्रयोग गरेका १० वटा पासपोर्टको आधारमा अहिलेसम्म ५ सय बढी पटक बिदेश यात्रा गरिसकेका छन् । राजेशले एक पासपोर्टमा ३६ पृष्ठ हुने र एक पृष्ठमा २ भिषा लाग्ने भएकाले पनि कम्तीमा ७२ ठाउँ एक पासपोर्टबाटै जानसकिने बताउँछन् ।

यस्तै राजेश पाएल राई नेपाली गीतसंगीतका निकै चर्चित गायक भएकाले पनि निकै महंगा हुनसक्छन् भन्ने तपाई हामीलाई लाग्न सक्छ । उनले बिदेश तथा नेपालको सांगितीक यात्राका लागी चर्को पारिश्रमिक नलिएको बताउँछन् । कार्यक्रमको उद्देश्य अनुसार उनको पारिश्रमिक निर्धारण हुने पनि बताउँछन् । कुनै सामाजिक कार्यका लागी कार्यक्रम गरिएको छ भने तोकिएको भन्दा कम पारिश्रमिकमै मै प्रस्तुती दिने गरेको उनी बताउँछन् ।