अनिताको तीज गीतमा रामजीसँग नायिका निताले कम्मर मर्काइन् (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नेपाली नारीहरुको पर्व हरितालिका तीजको अवसरमा थुप्रै तीजबिशेष गीत सार्वजनिक भइरहेका छन् । बिभिन्न मौलिकता झल्किने गीत बजारमा आइरहँदा गायिका अनिता चलाउनेले पनि नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘नहेर राजै त्यसरी’ बोलको उक्त गीतमा अनितासँगै चर्चित गायक रामजी खाँडले साथ दिएका छन् । गीतमा घनश्याम रिजालले शब्द भरेका छन् भने गायक रामजीले नै संगीत भरेका छन् । यस्तै गीतको भिडियोमा नायिका निता ढुंगाना र गायक रामजीको नृत्य देख्न सकिन्छ । मौसम हिमालीले निर्देशन गरेको यस भिडियोको सिनेमाटोग्राफर दुर्गा पौडेल हुन् भने नविन घर्तिमगरले सम्पादन गरेका हुन् ।</p><p style="text-align: justify; ">नायिका निताले तीजगीतमा खासै नृत्य गरेको पाइदैन, तर यो गीतमा उनले मज्जैले मक्कर मर्काएकी छिन् । साथै भिडियोमा दर्शकले राम्रो प्रतिक्रिया पनि दिएका छन् । गायिका अनिताले आफ्नो यसगीतले दर्शकको मन जित्नेमा ढुक्क रहेको बताइन् । तीजमा मौलिकता झल्किने गीत हुनुपर्छ भन्ने हेतुले यस गीत बजारमा ल्याएको बताइन् ।&nbsp;&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/c85dnGWvRiY" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>